माघ १७, ब्यागन
नेपाल मगर संघ देवघाट गाउँपालिका वडा नम्बर-२ को अध्यक्षमा टेक बहादुर थापा मगर चयन भएका छन् र ब्यागनमा बिहिवार वडा स्तरीय मगर भेला गरि अध्यक्षमा टेक बहादुर थापा मगर चयन गरिएको हो । उक्त कार्यक्रम वडा-२ का अध्यक्ष मीन बहादुर राना मगरको अध्यक्षतामा तथा नेपाल मगर संघ केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त गर्जा मगरको प्रमुख आथिथ्यतामा कार्यक्रम भएको थियोे ।
भेलाले टेक बहादुर थापा मगरको अध्यक्षतामा १५ सदस्यीय समिति चयन भएको छ । जसमा उपाध्यक्ष पदमा हिरा बहादुर थापा मगर, सचीवमा नरेश थापा मगर, कोषाध्यक्ष पदमा टीका थापा सारु मगर, सह-सचीव पदमा धनमाया रेश्मी थापा मगर चयन भएका छन् । सदस्यहरुमा लोकेश थापा मगर, इन्द्र बहादुर सुनारी मगर, निता थापा आले मगर, बिमला थापा मगर, युवराज मगर(यम),खेल बहादुर थापा मगर, बिजय थापा मगर,नर बहादुर थापा मगर चयन भएका छ्न । सो भेलाले वडा अध्यक्ष मीन बहादुर राना मगरको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ।
सल्लाहकार सदस्यहरुमा शि.दुर्ग बहादुर थापा मगर ,दिल बहादुर बाचे मगर, युधिर काला सारु मगर, सिरीमाया थापा मगर, कुमारी आले मगर र कल्पना सारु मगर चयन भएका छ्न । कार्यक्रममा नेपाल मगर संघ जिल्ला समिति तनहुँका उपाध्यक्ष एवं देवघाट गाउँपालिका इन्चार्ज हर्क बहादुर थापा मगर र नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष खडक पामी आले र १५ वटा टोल विकास संस्थाका मगर प्रतिनिधि,वडा स्तरीय महिला संजालको प्रतिनिधि, स्थानीय आमा समूह, युवा क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



