देवघाट पुस २५
"तनहुँको कर्णाली भनेर चिनिने देवघाट-२ खाल्टेमा माघे सक्रान्ति मेला-२०८१ सांगीतिक धमाका हुने भएको छ । खाल्टे स्थित रहेको न्यू प्रगतिशील युवा क्लबले हरेक वर्ष माघे सक्रान्ती मेलाको अवसरमा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
संस्कृतिको संरक्षण,स्थानीय बालबालिकाको कला र सिपलाई विकास गराउने साथै खेलकुद क्षेत्रलाई माथि उकास्ने उद्देश्यले कार्यक्रम आयोजना गर्दै आइरहेको आयोजकले जानकारी दिए । माघ १ गतेदेखि सुरु हुने मेला ५ गते समापन गरिने आयोजकको भनाइ छ । मेलामा विविध परम्परागत स्थानीय सांस्कृतिक कार्यक्रम एवम् गाउँ स्तरीय पुरूष भलिवल प्रतियोगिताका साथमा चर्चित राष्ट्रिय कलाकारबाट सांगितीक धमाका कार्यक्रम हुने जनाइएको छ ।
खाल्टे साँगितीक धमाका नाम दिइएको कार्यक्रमको लागी कलाकारहरु चर्चित लोक गायक बिक्रम परियार,गायिका सरिता गुरुङ,स्थानीय गायक विष्णु मल्ल,हिपहप गायक सनम मल्ल ठकुरी र मोडल गायक राम रानाको प्रस्तुती रहने कार्यक्रम संयोजक तथा कलाकार संयोजक राम बंशी ठकुरीले जानकारी दिए ।



