देवघाटधाम जेसीजद्वारा दन्त शिविर: ३५१ जनाले गर्यो परिक्षण

images
  • 203
    SHARES
  • चैत्र ७, २०८१ शुक्रबार
    देवघाटधाम जेसीजद्वारा दन्त शिविर: ३५१ जनाले गर्यो परिक्षण
    images
    देवघाट चैत ७
    देवघाटधाम जेसीजले दन्त शिविर कार्यक्रम गरिएको छ । विश्व मुख स्वास्थ्य दिवस तथा अनतर्राष्ट्रिय खुशी दिवसको अवसरमा आज (बिहिवार) देवघाट-५ स्थित कालिका माध्यमिक विद्यालय परिसर देवघाटधाम जेसिजको आयोजना र छिम्केश्वरी डेन्टल क्लिनिकको सहकार्यमा विद्यार्थी र शिक्षकको निशुल्क दन्त परीक्षण कार्यक्रम गरि सम्पन्न गरिएको हो ।
    485124013_630577606275524_7393465820182199964_n.jpg
    सो दन्त शिविरमा शिक्षक र विद्यार्थी गरि जम्मा ३५१ जनाले दन्त परिक्षण गरिएको कार्यक्रम संयोजक तथा देवघाटधाम जेसीज वर्ष-२०२५ का निर्देशक जेसी सन्तोष सुवेदीले जानकारी दिए । उक्त कार्यक्रम देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख आतिथ्यतामा तथा उपाध्यक्ष भुवन सिं गुरूङ, वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवरको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियोे ।
    78c393ae-254e-47f6-8f6a-eee5a2683b8b.jpg
    उक्त शिविर कार्यक्रममा छिम्केश्वरी डेण्टल क्लिनिकका डा. प्रमिला गुरुङ र डा. एशिका गुरुङले चेकजाँच गरेका थिए । कार्यक्रममा देवघाटधाम जेसीज वर्ष-२०२५ का अध्यक्ष जेसी प्रशन्न ढकाल र देवघाटधाम जेसीजका बोर्डका पदाधिकारीहरूको सहभागीता रहेको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend