देवघाट
बिहानी ब्रोडकास्टिङ मिडिया प्रालिद्वारा सञ्चालित बिहानी मिडिया डटकमले २०८२ को भित्तेपात्रो प्रकाशन गरेको छ । बुधबार देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिं गुरूङ,प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतलगायत स्थानीय जनप्रतिनिधि,देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल, सामाजिक व्यक्तित्वलगायतको उपस्थितिमा भित्तेपात्रो प्रकाशन गरिएको हो ।

वि.सं.२०७५ सालदेखि सञ्चालनमा रहेको बिहानी मिडियाले देवघाट र भरतपुरलाई मुख्य कार्यक्षेत्र बनाउँदै आएको छ । सोही क्रममा गाउँगाउँमा भित्तेपात्रो पु¥याउने उद्देश्यका साथ हरेक वर्ष भित्तेपात्रो प्रकाशन गराउँदै आएको बिहानी मिडिया डटकमका अध्यक्ष आशिक रानामगरले जानकारी दिए ।

समाजमा हुने घटनाहरुलाई बाहिर ल्याउनुका साथै सामाजिक क्षेत्रमा समेत योगदान दिने उद्देश्यका साथ सञ्चारमाध्यमको स्थापना गरिएको बताउँदै विकटका बस्तीहरुमा भित्तेपात्रो आवश्यक भए पनि नपाइने समस्यालाई केही हदसम्म समाधान गर्दै आएको दाबी गरे ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले सञ्चारमाध्यमले सूचना मात्र नभई विभिन्न तरिकाबाट समाजलाई योगदान दिन सक्ने काम बिहानी मिडियाले गर्दै आएको बताए । तनहुँ जिल्लाको छेऊमा रहेको देवघाट गाउँपालिकाको हरेक कुना कन्दरामा पुगेर सूचना ल्याउने र जनतामाझ सुसूचित गराउने काममा सञ्चारमाध्यमको भूमिका मह¤वपूर्ण भएको उनले बताए ।

सामुदायिक वन महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि,विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।



