काठमाडौं – नेपाल विद्युत प्राधिकरणले भारतसँग विद्युत खरिद गर्ने भएको छ । भारतले युक्रेन संकटको कारण देखाउँदै अस्वभाविक मूल्य बढाएपछि चर्को मूल्यमा विद्युत खरिद गर्नुपर्ने भएको हो ।

प्राधिकरणका अनुसार प्रतियुनिट २० भारु (३८ रुपैयाँ) मा नेपालले भारतको बिजुली किन्ने गरी सहमति भएको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विहीबार राति १२ बजेर १५ मिनेटदेखि नेपालमा भारतको बिजुली उपलब्ध हुने बताए ।
भट्टराईका अनुसार अघिल्लो वर्ष यही समयमा ८०० मेगावाट विजुली भारतबाट आयात भएको थियो । अहिले भने ३५० मेगावाट मात्रै आयात भइरहेको छ । भारतबाट खरिद गरिएको बिजुली उद्योगहरुलाई दिएर आपूर्ति सुचारु गरिने प्राधिकरणले बताएको छ ।



