थप २ कम्पनीले आईपीओ निष्कासन गर्दै

images
  • 176
    SHARES
  • श्रावण ११, २०७९ बुधबार
    थप २ कम्पनीले आईपीओ निष्कासन गर्दै
    images

    काठमाडौँ ।

    खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासनको लहर चलिरहँदा थप यी दुई कम्पनीले बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएका हुन्।

    IPO_20220322115423.jpg

    खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो।

     

    संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ। यस्तै,  इष्टर्नले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २४ गते निवेदन दिएको थियो।

     

    बोर्डले साउन ९ गते अनुमति प्रदान गरेको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend