विद्युतको माग उच्च गर्मी बढेसँगै भारतमा

images
  • 237
    SHARES
  • बैशाख १९, २०७९ सोमबार
    विद्युतको माग उच्च गर्मी बढेसँगै भारतमा
    images

    भारतमा गर्मी बढेसँगै विद्युतको माग उच्च भएको छ । केही दशक यताकै सबैभन्दा तातो गर्मीको सामना गरिरहेको भारतमा उर्जाको माग १३ दशमलब २ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब ४० करोड किलोवाट प्रतिघण्टा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

    zz.jpg

    अप्रिल महिनामा राजधानी दिल्लीमा मात्रै विद्युतको माग ४२ प्रतिशतले बढेको रोयटर्सले जनाएको छ । त्यस्तै, पञ्जाबमा ३६ प्रतिशत र राजस्थान राज्यमा २८ प्रतिशतले उर्जाको माग बढेको छ ।यसबाहेक सिक्किममा पनि ७४ दशमलब ७ प्रतिशतले विद्युतको माग बढेको रोयटर्सले जनाएको छ । गर्मी बढेसँगै भारतीयहरुले एअर कण्डिसनको अधिक प्रयोग गरेका कारण उर्जाको माग बढेको जनाइएको छ ।

    उर्जाको माग अनुसार आपूर्ति हुन नसक्दा अप्रिल महिनामा भारतका धेरै स्थानमा विद्युत कटौती गरिएको समेत रोयटर्सले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend