धादिङको गजुरी ३ र ४ मा विद्युतीकरण गर्न उर्जा मन्त्री र कुलमानलाई ध्यानाकर्षण ,

images
  • 194
    SHARES
  • कार्तिक ५, २०७८ शुक्रबार
    धादिङको गजुरी ३ र ४ मा विद्युतीकरण गर्न उर्जा मन्त्री र कुलमानलाई ध्यानाकर्षण ,
    images

    गजुरी, ५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का गजुरीले गजुरी गाउँपालिका वडा नम्बर ३ र ४ मा पुर्ण विद्युतीकरण गर्न उर्जा मन्त्री तथा माओवादी केन्द्रको नेतृ पम्फा भुसाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    1634876494-Aa8tS.jpg

    पालिका इन्चार्ज तारा भण्डारी, अध्यक्ष सुर्य तामाङको नेतृत्वमा गएको टोलीले मन्त्री भुसाललाई भेटगरी राजमार्ग सँग जोडिएको गजुरी गाउँपालिका भएर पनि ३ र ४ का जना अहिले पनि अन्धकारमा बस्न वाध्य भएको र तत्काल पुर्ण विद्युतीकरणको प्रक्रिया अगाडी बढाउन आग्रह गरेको थियो । साथै यो टोलीले बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत भेट गरि तत्काल विद्युतीकरणको लागि ध्यानाकर्षण गराएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend