देवघाटको अति दुर्गम गाउँको विद्यार्थीलाई शैक्षिक सामाग्री

images
  • 286
    SHARES
  • बैशाख १७, २०८० आइतबार
    देवघाटको अति दुर्गम गाउँको विद्यार्थीलाई शैक्षिक सामाग्री
    images

    देवघाट, बैशाख १७

    देवघाट गाउँपालिका वडा नम्बर ५ को अति दुर्गम गाउँको विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । लियो क्लव अफ देवघाट चौतारी र लायन्स क्लव अफ नारायणगढ चौतारी तथा रिजन ६ को सयुंक्त आयोजनामा बगन्दी स्थित मुकुन्देश्वरी आधारभुत बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

    342517172_1474674209942760_2857587755889753275_n.jpg

    सो क्लवले शनिबार उक्त विद्यालयमा पुगी विद्यार्थीहरुलाई उक्त शैक्षिक सामाग्री वितरण गरेको हो । देवघाट–५ निवासी हाल अष्ट्रेलियामा कार्यरत विजय भण्डारी र देवघाट–५ निवासी समाजसेवी रोसन श्रेष्ठको सहयोगमा उक्त शैक्षिक हस्तान्तरण गरिएको हो भने उक्त कार्यक्रममा लियो क्लब अफ देवघाट चौतारीका सम्पूर्ण बोर्डका सदस्यहरू सहभागी रहेका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend