फर्किएनन् चुनावी एजेण्डा बोकेर गाउँ पुगेका जनप्रतिनिधि

images
  • 658
    SHARES
  • बैशाख १७, २०८० आइतबार
    फर्किएनन् चुनावी एजेण्डा बोकेर गाउँ पुगेका जनप्रतिनिधि
    images
    देवघाट : वैशाख १७ गते
    चुनावको समयमा चुनावी एजेन्डा बोकेर जनप्रतिनिधिहरू जहाँ पनि पुग्ने गरेको देखिन्छ। तर चुनाव जितेपश्चात् जनताको आवश्यकता बुझ्न जाने जनप्रतिनिधि भने कमै भेटिन्छन्। त्यस्तै तनहुँको देवघाट गाउँपालिकाभित्र पनि स्थानीय चुनावलगायत अन्य चुनाव प्रचारप्रसारमा सबै दलका प्रतिनिधिहरू पुग्छन्। तर उनीहरू निर्वाचन पश्चात् कहीँकतै नपुगेको स्थानीयको गुनासो छ।
    342709604_1948341915500578_1000547253262545075_n.jpg
     
    देवघाट गाउँपालिका वडा नम्बर ५ बगन्दी गाउँ वडा नम्बर ५ को सबैभन्दा विकट, दुर्गम गाउँमा पर्छ। सोही गाउँमा चुनावको बेला सबैभन्दा पहिलो प्राथमिकता राखेको ठाउँमा निर्वाचित भएको एक वर्ष बितिसक्दा समेत गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा जनताको आवश्यकता बुझ्न नपुगेको भन्दै यहाँका स्थानीयले गुनासो गरेका छन्। चुनावको बेला चाहिने जनता अरुबेला नचाहिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। त्यस्तै गरि उक्त बगन्दी गाउँमा योभन्दा अगाडि एमाले सरकार रहँदा पनि केही गरेको थिएन। हालको गठबन्धन सरकारले पनि निर्वाचित भएको १ वर्ष भइसक्दा समेत स्थानीय समस्यालाई नियाल्न नस्केको भन्दै यहाँका स्थानीय निर्वाचित जनप्रतिनिधिप्रति आक्रोशित भएका हुन्।
    341803466_499399265617846_2570554598190802586_n.jpg
     
    बगन्दी गाउँमा हालसम्म मोटर बाटोको ट्याक खुले पनि बाटोको स्तरउन्नति नभएको, बत्तीका पोलसमेत सबै ठाउँमा नपुगेको स्थानीयको गुनासो छ। पुगेको ठाउँसम्म पनि तारहरू जथाभावी जङ्गलमा फिँजिएर अलपत्र अवस्थामा छन्। बगन्दी खानेपानीको सुविधाबाट समेत वञ्चित छ, जसले गर्दा कुवाबाट पानी भरेर खानुपर्ने बाध्यताको अन्त्य नभएको देवघाट ५ का वडा सदस्य एवं सोही गाउँका स्थानीय कमला गुरूङले बताइन्। गाउँमा यो वर्ष खोस्रेपानी खानेपानी मर्मतअन्तर्गत एक लाख, स्कुलको झ्याल ढोका मर्मतअन्तर्गत एक लाख, दुई कोठे शौचालय निर्माणको लागि ३ लाख, हेल्थपोष्ट कम्पाउन्डको लागि दुई लाख र बाटो मर्मतको लागि ५ लाख गरी जम्मा १२ लाख रूपैयाँ बजेट परेको थियोे।
     
    बगन्दी गाउँ हरेक क्षेत्रमा पछि परेको हुँदा अन्य ठाउँमा भन्दा अलि बढी बजेट विनियोजन गरी गाउँलाई विकास गर्न सोही गाउँका स्थानीय पूर्ण गुरूङ बताउँछन्। त्यस्तै गरी बगन्दी र फोस्रेपानी गाउँका बालबालिकाहरू त्यही रहेको मुकुन्देश्वरी आधारभूत विद्यालयमा अध्ययन गर्छन्। उनीहरू विद्यालय पढ्न जानको लागि कापी कलमसमेत उपलब्ध गराउन अभिभावकलाई कठिन भइरहेको छ। सोही विद्यालयमा धेरै संघसंस्थाले शिक्षाको ज्योतिबाट कोही पनि वञ्चित नहोस् भन्दै सहयोगसमेत हस्तान्तरण गरेका छन्। सो गाउँका महिला दिदीबहिनीहरू मदिरा उत्पादन गरेर आफ्नो घर खर्च चलाउँदै आएका छन्। पुरुषहरू भने मजदुरी गरेर आफ्नो जहानपरिवार पाल्छन्। राष्ट्रपति रामचन्द्र पौडेलको गृहजिल्ला समेत रहेको हुँदा यस क्षेत्रमा राष्ट्रपतिले समेतले ध्यान दिन स्थानीयले अनुरोध गरेका छन्।
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend