देवघाट व्याडमिन्टन संघले देवघाट ५ वडा भित्रका व्याडमिन्टन खेलाडी बीच ब्याडमिन्टन प्रतियोगिता गर्ने

images

  • 367
    SHARES
  • बैशाख २०, २०८० बुधबार
    देवघाट व्याडमिन्टन संघले देवघाट ५ वडा भित्रका व्याडमिन्टन खेलाडी बीच ब्याडमिन्टन प्रतियोगिता गर्ने
    images

    देवघाट तनहुँ : बैशाख २०

    तनहुँको देवघाटमा "स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद"भन्ने मुल नाराका साथ देवघाट व्याडमिन्टन संघको आयोजनामा देवघाट वडा नम्बर पाँच भित्रका ब्याडमिन्टन खेलाडीहरु बीच व्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ।

    यहीँ बैशाख २३ गतेबाट सुरू हुने प्रतियोगितामा देवघाट ५ का ब्याडमिन्टन खेलाडीहरुले मात्रै सहभागिता जनाउन पाउने संघका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक सुर्य बहादुर घर्तीले बताए । नेपाल व्याडमिन्टन संघको नियम अनुसार खेलाईने प्रतियोगितामा सहभागी खेलाडीहरुले निम्न नियमको पालन गरि खेल्नुपर्ने छ। टिम ईन्ट्रि २०८० बैशाख २२ गते बेलुका ४:०० बजेभित्र हुनु पर्ने, खेल अवधिभर रेफ्रिको निर्णय नै अन्तिम निर्णय हुने, प्रतियोगिता ( shuttle yonex mavis ३५०) खेलाईने, खेल आउटडुर मैदानमा खेलाईने, क्वाटर फाईनल प्रवेश पछि खेलाडीहरूको पोशाक एकै प्रकारको हुनुपर्ने, विहानको खाजाको पनि व्यवस्था गरिएको छ भने सहभागी खेलाडीको वसोवास देवघाट ५ को हुनुपर्ने संघका अध्यक्ष अनिल मिश्रले बताए।

    सो प्रतियोगिताको प्रथम पुरस्कार राशि १० हजार र द्वितीय पुरस्कार राशि ५ हजार रहेको छ भने उक्त प्रतियोगिता बैशाख २३ गते विहान ८ बजे धर्मार्थ अस्पतालको प्राङ्गण, देवघाट टाउनचोकमा सुरू हुनेछ । त्यस्तै गरि सो प्रतियोगिताको टिम दर्ता शुल्क भने निशुल्क रहेको छ ।



    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend