वडा अध्यक्ष कुँवरले तलब भत्ता,शैक्षिक,स्वास्थ्य र सामाजिक क्षेत्रमा

images
  • 422
    SHARES
  • बैशाख २२, २०८० शुक्रबार
    वडा अध्यक्ष कुँवरले तलब भत्ता,शैक्षिक,स्वास्थ्य र सामाजिक क्षेत्रमा
    images

    देवघाट, बैशाख २२

    देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले आफ्नो तलब भत्ता,शैक्षिक,स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । विभिन्न आमा समुहहरूलाई कुर्सी,तथा कन्या गुरूकुलम् मा सेनेटरी प्याड उपलब्ध गराएका हुन् ।

    344774645_959227045271851_8768575829489639957_n.jpg

    वडा अध्यक्ष कुँवरले आफ्नो तलब भत्ता वापतको रकमले वडा नम्बर ५ बुद्धचोकमा रहेको स्वर्णिम आमा समहुलाई २० थान कुर्सी,वडा नम्बर ५ देउपुरमा रहेको इन्द्रेणी आमा समुहलाई २० थान कुर्सी उपलब्ध गराएका छन् । साथै कुँवरले देवघाट–५ मै रहेको मा कल्याणी वैदिक कन्या गुरुकुलम् मा रहेका ३५ जना बालिकाहरुको लागि २४० पिस सेनेटरि प्याड,कपि कलम, ज्यामेट्रीबक्स तथा विभिन्न स्टेशनरीका सामाग्री उपलब्ध गराएका थिए ।

    344587652_543109174446750_4056910626292919692_n.jpg

    सो कुर्सी हस्तान्तरण कार्यक्रममा यामबहादुर थापा, इन्द्रेणी आमा समुहकी अध्यक्ष भागीशरा थापा, देउपुर गाउँसुधार समितीका अध्यक्ष सुकु गुरुङ, समितिका सचिव टीका राना, देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल, बराहा प्राबिका ब्यबस्थापन समितिका अध्यक्ष टेक राज सापकोटा लगाएको उपस्थिति रहेका थिए । वडा अध्यक्ष कुँवरले आफ्नो तलब भत्ता बापतको रकमले प्रत्येक महिना देवघाट–५ का विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएका छन् भने आगमि दिनहरूमा पनि यस्तै कार्य गर्दै जाने बताए ।

    344391314_1390935021700831_1152417481677293837_n.jpg

    सो अवसरमा वडा अध्यक्ष कुँवरले विभिन्न संघ संस्थालाई यसरी सहयोग गर्न पाउँदा आफुलाई निकै खुसी लाग्ने समेत बताए । कुँवरले आफुले निर्वाचनको क्रममा आफु निर्वाचित भएपछि सरकारले दिने सेवा सुविधा नलिने भनेका थिए । स्वर्णिम आमा समुहकी अध्यक्ष पुर्णकला वाग्ले आमा समुहको लागि कुर्सी निकै आवश्यक रहेको बेला वडा अध्यक्ष ज्युले उपलब्ध गराउनु भएकोमा धन्यवाद व्यक्त गरे ।

    345044130_791882765851405_9153866570010170527_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend