देवघाटमा पाँच दिने दुना टपरी तालिम सुरू

images
  • 363
    SHARES
  • बैशाख २६, २०८० मंगलबार
    देवघाटमा पाँच दिने दुना टपरी तालिम सुरू
    images

    देवघाट तनहुँ: बैशाख २६ गते

    तनहुँको देवघाट गाउँपालिकामा पाँच दिने दुना टपरी तालिमको सुभारम्भ भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत नयाँ सिर्जना तर्फबाट देवघाट गाउँपालिकाको आयोजना र एपेक्स म्यानेजमेन्ट तथा लुम्बिनी पोलिटेक्नक इन्स्टीच्युटको सहकार्यमा सो तालिम भएको हो ।

    343532748_274260714941451_4270657249601267467_n.jpg

    सिप विकास तालिम दिइसकेपछि न्युन आयस्रोत भएका व्यक्तिहरूका लागि जिवनस्तर उकास्न सहज हुनेछ भन्ने उद्वेश्यले सो तालिमको आयोजना गरिएको देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्ण राज पन्तले बताए । देवघाटमा धेरै आश्रमहरू रहेको हुदाँ दुना टपरी तालिम प्रभावकारी रहने पन्तले बताए । उक्त दुना टपरी तालिमको लागि स्थानिय व्यक्तिलाई प्रोत्साहन दिउ भन्ने हेतुले देवघाट ५ निवासी कल्पना देवी न्यौपानेलाई प्रशिक्षकको रूपमा राखिएका छन् ।

    343031632_196026736603613_4558156634362208120_n.jpg

    त्यस्तै गरि हाल देवघाट गाउँपालिकाले सात वटा तालिमको आयोजना गरिएकोमा एउटा मौरी पालन तालिम समापन भएको छ भने अरू तालिम चलिरहेको छ । ४५ दिने सिलाई कटाई तालिम,१५ दिने सवारी चालक तालिम,१० दिने चुरा र पोते बनाउने तालिम र ७ दिने सरफ साबुन बनाउने तालिम भैरहेको देवघाट गाउँपालिका उद्यम विकास सहजकर्ता तिर्थ प्रसाद लम्सालले बताए । सो दुना टपरी तालिम ५ जनालाई दिइएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend