तेस्रो साधारण सभा बाट लियो क्लब अफ देवघाट चौतारीको अध्यक्षमा रक्षा कार्की

images
  • 605
    SHARES
  • बैशाख २९, २०८० शुक्रबार
    तेस्रो साधारण सभा बाट लियो क्लब अफ देवघाट चौतारीको अध्यक्षमा रक्षा कार्की
    images

     देवघाट तनहुँ: बैशाख २९ गते

    तनहुँको देवघाटमा रहेको लियो क्लब अफ देवघाट चौतारीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । सोही सभाबाट अध्यक्ष पदमा रक्षा कार्की सहित ९ कार्यसमिति गठन भएको लियो क्लब अफ देवघाट चौतारीका पुर्व अध्यक्ष आत्माराम पाण्डेले बताए । लायन नविन पुरिको प्रमुख अतिथ्यतामा र लायन मनोज पौडेलको विशिष्ट अतिथ्यतामा आज भएको उक्त अधिवेशनमा बाट निम्न व्यक्तिहरु निर्वाचित भएको छन् । 

    344287800_6618562998204782_9170642500336876168_n.jpg

    अध्यक्ष पदमा रक्षा कार्की,प्रथम उपाध्यक्ष पदमा सुस्मा गुरुङ, दोस्रो उपाध्यक्ष पदमा शिशिर तिवारी,सचीव पदमा स्वस्तिका धिताल, सह-सचीवपदमा कृपा पौडेल, कोषाध्यक्ष पदमा निर्मल लामिछने, सह-कोषाध्यक्ष पदमा अङ्किता पोख्रेल र समय पालक पदमा आशिष कार्की,जन सम्पर्क अधिकृत पुरन ब न्यौपाने लगाएत सर्व सहमत चयन भएका छन् । लियो क्लब अफ देवघाट चौतारिको तेस्रो साधारणसभा लियो सुस्मा गुरुङको सभापतित्वमा सम्पन्न ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend