देवघाट क्वादी खानेपानीको पाइप जडानमा लापरबाही,स्थानीयलाई भने खानेपानीको समस्या

images
  • 376
    SHARES
  • बैशाख ३०, २०८० शनिबार
    देवघाट क्वादी खानेपानीको पाइप जडानमा लापरबाही,स्थानीयलाई भने खानेपानीको समस्या
    images

    देवघाट तनहुँ: बैशाख ३० गते

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित देवघाट क्वादी सहरी खानेपानीको पाइप जडानमा लापरबाही गरेको भन्दै स्थानीयहरूले गुनासो गरेका छन् । हालै सम्पन्नको अन्तिम विन्दुमा पुगेको देवघाट क्वादी शहरी खानेपानीको पाइप जिआइ पाइप भित्र पोलिथिनको पाइप ठाउँ ठाउँमा घुसिङ्ग गर्नुका साथै साइकलको ट्युबले बाधेर ल्याइएको एक स्थानीय बताएका छन् । गत २०७८ सालमा ४८ लाखको टेन्डर भई काम सुरु भइ पछिल्लो चालु आर्थिक वर्षमा १ करोड ५ लाखमा टेण्डर भई कार्य सम्पन्न अन्तिम चरणमा पुग्दा काममा लापरबाही भएको देखिन्छ ।

    viber_image_2023-05-13_06-31-03-902.jpg

    सधै जसो चैत बैशाखे खानेपानीको खडेरीमा देवघाटवासीले झेल्दै आएको समस्या यो पटक झन्नै समस्या परेको स्थानीय बताउछन् । उक्त खानेपानी देवघाटमा ल्याउने काम सम्पन्न भइसके पछि देवघाट खानेपानीको ठुलो रिजर्भ ट्याङ्कीमा हालेर एक हप्ता जति देवघाटका उपभोक्ताले पानी उपभोग गरेको देवघाट क्वादी शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले बताए । गुरूङले काम गर्ने सिलसिलामा केही कमिकमजोरी भैरहन्छ हाम्रो तर्फबाट पनि भयो होला त्यसलाई सच्याउदै अगाडि बढ्ने समेत बताए ।करिब ९ किलोमिटरबाट सो खानेपानी देवघाट ल्याउन सफल भयौ तर हाल पाइपमा विभिन्न समस्या देखिसकेपछि तत्कालै दमौली गएर आवश्यक सामग्री ल्याएर आजबाट त्यस समस्यालाई समाधान गर्ने कार्य हुने उपाध्यक्ष गुरूङले बिहानी मिडिया संगको कुराकानीमा बताए ।

    viber_image_2023-05-13_06-31-05-214.jpg

    जिआइ पाइप जोड्दा फ्लेन्च जोड्नु पर्ने हुन्छ जहाँ एक ठाउँमा बाहेक अन्त कतै पनि नजोडिएको बगन्दी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष बल बहादुर क्षेत्रीले बताउछन् । अहिले जनप्रतिनिधिको मनोमानीको कारणले जनताले देवघाटमा धेरै समस्या झेल्नु परेको क्षेत्री बताउछन् । उक्त खानेपानी देवघाटमा ल्याउने काम सम्पन्न भैसक्दा पनि अहिले पाइप जडानमा धेरै समस्या आएको कारणले गर्दा क्वादी खोला देखि देउती खोला सम्मको बिचबिच भागमा पानी चुहिएर गएको स्थानीयहरूको भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend