करिस्मा गुरुङ देवघाट, बैशाख ३
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रहेको चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादन गरी बिक्रीवितरण बाट मनग्गे आम्दानी गर्दै आएको छ । सहकारीले दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादनको तयारी थालेको हो ।

यसका लागि सहकारीलाई हेफर इन्टरनेसनल नेपाल र देवघाट गाउँपालिकाबाट आर्थिक सहयोगमा प्राप्त गरेका थिए । हेफर इन्टरनेसनल नेपालबाट पन्ध्र लाख र गाउँपालिकाबाट चौध लाख सरसठ्ठी हजार रूपैयाँ आर्थिक सहयोग मार्फत नै सहकारीले दूधको परिकार बनाउने मेसिनहरू लगाएत आवश्यक सामग्री खरिद गरिएको सहकारीका पूर्व अध्यक्ष एवं वर्तमान व्यवस्थापक संगिता ओझाले बताए । साथै अगाडिका दिनहरुमा सहकारीमा दूध संकलन गरेर बजारीकरणको लागि बजार पुर्याउन पर्ने बाध्यता थियोे भने पछिल्लो समय स्थानीय तहमै बिक्रीवितरण हुने बताए । देवघाटमा रहेको एक मात्रै महिला सहकारी संस्थाले धेरै सङ्घर्ष गर्दै आईरहेको भुर्तेलले बताए । हाल सो संस्थाबाट दूध प्रशोधन गरी दहि,घ्यू,पनिर,खुवा,कुल्फी,आइसक्रिम लगायतका विभिन्न परिकार उत्पादन गर्दै आएको संस्थाका अध्यक्ष तारा पन्तले बताए । अहिले दैनिक करिब दुई सयको अनुमानमा कुल्फी बिक्री गर्दै आएका छन् । उत्पादन र उपभोग गर्ने लक्ष्यसहित सहकारी संस्थाले डेरी उद्योग स्थापना गरिएको पन्तले बताइन । हाल सहकारी संस्थामा सात सय बहत्तर जना सेयर सदस्यहरुलाई समेत आवद्ध गरिसकेको बताए ।

र एक सय सर्तिस जना सहकारीमा दूध ल्याउने उद्यमी बनेका छन् । सहकारीको समन्वय र महिला विकास मार्फत विभिन्न तालिमहरू आयोजना गरिएका थिए जसमध्ये दुना टपरी,बाटेको धुपलाई लिएर तनहुँ जिल्लाबाट नै छनौट भएर काठमाडौं र कपिलवस्तु लगाएतका स्थानहरुमा पटकपटक प्रदर्शनमा सहभागी गरेको थिए । साथै दुना टपरी र बाटेको धुपलाई आर्थिक समस्या गर्दा त्यसलाई निरन्तरता भने दिन नसकेको बताए। सहकारीमा दूध प्रशोधन गरी आवश्यक विभिन्न परिकार उत्पादनका लागि उपकरण सदुपयोग गरि त्यसलाई अगाडि बढाउने समेत बताएका छन् । सहकारी वि.स.२०६८ सालमा स्थापित भएको हो । स्थापना भएको बाह्र वर्ष भैरहदाँ हाल सहकारीले यस क्षेत्रका किसानले उत्पादन गरेका दूध बिक्री वितरण गर्दै आएको छन् ।

सहकारीमार्फत् करिव दैनिक रुपमा आठ सय सत्र लिटर दूध बिक्री हुने गरेको छ भने यो कोभिड भन्दा अगाडि करिब एक हजार लिटर भन्दा बढि दूध बिक्रीवितरण हुन्थ्यो र आगमि दिनहरूमा सहकारीले दुई हजार लिटर भन्दा बढी दूध बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ । यो वर्ष प्रोडक्कको लागि सहकारीलाई गाउँपालिका र हेफर दुवैबाट सपोर्ट हुनका साथै सम्झौता समेत भैसकेको छ । सहकारीले यो भन्दा अगाडि पोको पारेर बिक्रीवितरण गरिन्थ्यो भने अहिले लेबलिङ प्याकेजिङ्ग मार्फत दूधका विभिन्न परिकार बिक्रीवितरण गर्दै आएको छ । “किसानको दूध र अन्य तरकारीहरू बिक्री वितरणका लागि सहकारीले नै गाडी पठाएर सङ्कलन गर्दै आएको छ ।

“दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै समेत दूध खपत हुन्छ ।” अहिले गर्मी मौसम भएको हुदाँ कुल्फी र आइसक्रिम दैनिक बिक्री भैरहेको छ भने सहकारीबाटै उत्पान हुदाँ विना केमिकल कुल्फी र आइसक्रिम उपभोग गर्न पाउँदा ग्राहकहरूले खुसी व्यक्त गर्छन् । सहकारीमार्फत् स्थापित डेरी उद्योगबाट उत्पादित परिकार बजारीकरणमा सहयोग पुगोस् भन्नका लागि कृषि तथा पशुपक्षी तथा मत्स्य निर्देशनालयबाट र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यो भन्दा अगाडि सहयोग प्राप्त भएको थियोे । वडा १,४ र ५ भित्रका खसिबोकालाई यस दशैमा बिक्रीवितरण वितरण गर्ने कार्यक्रम समेत रहेको छ ।

देवघाटमा पशुपालनतर्फ किसानको आकर्षण बढेतापनि पशुपन्छिमा कहिलेकाहिँ केही समस्या आउँदा देवघाटवासी दूधमा आत्मनिर्भर बन्न अझै नसकेको बताए।तर आत्मनिर्भर बनाउने सहकारी लक्ष्य रहेको छ । यो भन्दा अगाडि देवघाटमा लोकल गाई पालेर दूध खाने गर्नुहुन्थ्यो भने सहकारी स्थापना पश्चात् देवघाट उन्नत जातका गाई भैंसी पालन सुरू भएको हो । हाल देवघाटका दुई चार जना विदेशी दाजुभाइहरू गाई भैंसी पालेर डेरी दूध लगि उद्यम बन्छु भन्नेहरू समेत रहेका छन् ।




