आफूमाथि गलत प्रचार गरेको भन्दै देवघाटका उपाध्यक्ष गुरूङद्वारा गम्भीर ध्यानाकर्षण

images
  • 1.3K
    SHARES
  • जेठ ३, २०८० बुधबार
    आफूमाथि गलत प्रचार गरेको भन्दै देवघाटका उपाध्यक्ष गुरूङद्वारा गम्भीर ध्यानाकर्षण
    images

    देवघाट तनहुँ:जेठ ३

    देवघाट । खानेपानी आयोजनामा अनियमितता भएको विषयलाई लिएर आफ्नो नाम मुछिएपछि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङले त्यसको खण्डन गरेका छन् । आफू अध्यक्ष रहेको क्वादीखोला देवघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई नै बदनाम गर्ने उद्देश्यसहित केही सञ्चारमाध्यममा खानेपानी आयोजनामा चरम लापारवाही भएको भनेर भ्रामक समाचार प्रकाशन तथा प्रशारण भइरहेको भन्दै उनले बुधबार प्रेस विज्ञप्तिमार्फत उक्त घटनाको खण्डन गरेका हुन् ।

     

    देवघाट–५ मा विगत लामो समयदेखि नै खानेपानीको समस्या रहेको हुँदा गाउँलेलाई खानेपानीको व्यवस्था मिलाउन खोज्दा उल्टै नभएको आरोप खेप्न बाध्य भएको भन्दै सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन तथा प्रशारण गरिदिन पनि उनले आग्रह गरेका छन् । ‘यस खानेपानी आयोजनालाई देवघाट र डुम्रेल खानेपानी ट्यांकीमा राखी देवघाटवासीलाई पानी खुवाउने योजनासहित आयोजनाको काम अगाडि बढिरहेको कुरालाई विभिन्न सञ्चारमाध्यमले मेरो तस्बिरसहित नाम नै जोडेर गरिएको कुप्रचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनेका छन्, ‘खानेपानीजस्तो संवेदनशील विषयलाई ध्यानमा राखी स्थानीयको अभाव पूर्ति गर्न खोज्दा चरम लापारवाही भयो भनेर भएको कुप्रचारलाई म सीधै अस्वीकार तथा खारेज गर्दछु ।’ देवघाटवासीलाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्ने जिम्मा लिएको हुँदा कसैले हल्ला फिँजाएको भरमा नलाग्न पनि उनले आग्रह गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend