करिस्मा गुरुङ देवघाट तनहुँ: जेष्ठ ३ गते
भरतपुर महानगरपालिका १ चितवन देवघाटमा रहेको लोक कल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित रामजानकी बालिका आश्रमले महिला दिदिबहिनीहरूका लागि आध्यात्मिक शिक्षा प्रदान गर्ने भएको छ ।

समाजमा रहेका जतिपनि गृहिणीहरूलाई धर्म,भय,नियमित सदाचार ज्ञान र सु-सस्कारलाई अगाडि बढाउने उद्देश्यले आध्यात्मिक शिक्षा दिन खोजिएको सोही संस्था सञ्चालक समितिका अध्यक्ष सावित्री टण्डनले बताए । अध्यक्ष टण्डनले आध्यात्मिक शिक्षा अन्तर्गत संस्कृत भाषा,भागवत्,वेद,पुराण,स्वस्तिवाचन,भजन कृतन,सत्सङ्ग लगाएत अन्य ज्ञान प्रदान गर्ने कक्षा सञ्चालन गरेर आश्रमलाई एउटा आध्यात्मिक शिक्षा केन्द्रको रूपमा स्थापित गर्ने बताए ।
सो आध्यात्मिक शिक्षा आश्रमको एउटा गुरू योजनाको रूपमा अगाडी बढेको बताउदै अब छिट्टै नै महिला दिदिबहिनीहरूले अध्यात्मिक शिक्षा लिन पाउने बताए । हाल भने सोही आश्रम सञ्चालक समितिका अध्यक्षका सुपुत्री स्मि टण्डनले करिब ७ जना लाई नियमित दिनको करिब ४ घण्टा आध्यात्मिक शिक्षा दिइरहेकी छिन् । भने सो आध्यात्मिक शिक्षा लिनको लागि जो कोहि पनि आउन सकिने,कुनै जातजाति,उमेर र लिङ्ग विभेद नहुने नि:शुल्क रूपमा शिक्षा प्रदान गरिने टण्डनले बताइन् । वि.स. २०६७ सालमा स्थापना भइ हालसम्म यस बालिका आश्रमले ३४ जना अनाथ बालबालिकाहरूलाई सेवा प्रदान गर्दै आइरहेको आश्रमका महासचिव रामेश्वर प्रसाद खनालले बताए । पाँच वर्ष देखि लिएर अठ्ठार वर्षसम्मका बालिकाहरूले अहिले शिशु देखि शास्त्री र व्याजलर सम्म अध्ययन गर्दै छन् ।
चितवनकी भगवति उपाध्ययले देवघाट चितवनतर्फको नदिको किनारमा रहेको निवासमा सात वर्ष र सिताराम संकृत मावीको छात्रवासमा दुई बर्ष निशुल्क बसेको थियो भने लामो संघर्ष पछि गत असार २३ गते मात्रै आफ्नै भवनमा प्रवेश गरेको टण्डनले बताइन । भरतपुर महानगरपालिका,रत्ननगर नगरपालिका, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, जिल्ला समन्वय समिति, साँस्कृति पर्यटन मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लगाएतको आर्थिक सहयोगमा दुई करोड साठ्ठी लाख रूपैयाँ भन्दा बढि रकममा आश्रम निर्माण भएको थियो । भने भरतपुर महानगरपालिकाले आश्रमलाई जग्गा समेत उपलब्ध गराएका थिए ।



