वैदिक सनातन धर्मले मात्र मुलुकको रक्षा गर्ने धर्म गुरुहरुको भनाई

images
  • 227
    SHARES
  • जेठ ८, २०८० सोमबार
    वैदिक सनातन धर्मले मात्र मुलुकको रक्षा गर्ने धर्म गुरुहरुको भनाई
    images

    वैदिक सनातन धर्मले मुलुकको रक्षा गर्न भुमिका खेलेको गण्डकी विश्व विद्यालयका कूलपति डाक्टर गणेशमान गुरुङले बताउनुभयो । देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा आईतबार ईश्वरानन्द ब्रह्मचारी(गलेश्वर बाबा)को ४८ औ स्मृतिसभा तथा वेदवेदाङ्ग अनुसन्धान केन्द्रको समुदघाटन कार्यक्रममा बोल्दैं प्रमुख अतिथि गण्डकी विश्व विद्यालयका कूलपति डाक्टर गणेशमान गुरुङले वेद हिन्दु धर्मको आधार रहेकोमा जोड दिनुभयो ।

    348557738_1043493917062016_1337522854076695286_n.jpg

    सोही कार्यक्रमलाई सम्बोधन गदैं गलेश्वर आश्रमका अध्यक्ष एवं अनन्तश्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले सर्वाङगिण विकासमा गलेश्वर आश्रमले नेपालमै नमुनाको रुपमा कार्य गरेको बताउनुभयो । गिरिजी महाराजले १८ वर्षअघि देवघाट क्षेत्रमा गलेश्वर आश्रमले धमार्थ अस्पताल स्थापना गरेर स्वास्थ्य क्षेत्रमा थप सहयोग पुराएको समेत जनाउनुभयो । साथै देवघाट क्षेत्रमा आउने भक्तजनहरुलाई निशुल्क भोजन र आवासको ब्यवस्था मिलाइएको र गलेश्वर आश्रमको विशिष्टिताको रुपमा सबैले स्वीकार्य गरेको बताउनुभयो ।

    347813352_564765449148565_849732917671874126_n.jpg

    कार्यक्रममा महेश सन्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले ईश्वरानन्द ब्रह्मचारी(गलेश्वर बाबा)को चर्चा एवं स्मरण गर्नुभएको थियो । आश्रमहरुले गरेको योगदान र आश्रमको महत्वको बारेमा समेत महेश सन्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी रमणानन्द गिरीजी महाराजले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विशिष्ट योगदान पुर्याउनु हुने वेदवेदाङ्ग विद्यापीठका संचालक समिति सदस्य राजेन्द्र अर्याल ,वेद वेदाङ्ग अनुसन्धान केन्द्रका संचालक डा. ऋषिराम रेग्मी र प्राध्यापक डाक्टर गुरु प्रसाद सुवेदीलाई सम्मान गरिएको छ ।

    347444377_131500573227444_5458581137497900800_n.jpg

    भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्रालय सचिव डाक्टर दामोदर रेग्मी , नेपाल संस्कृत विश्वविद्यालय कार्यकारी निर्देशक प्राध्यापक डाक्टर सुधन पौडेल ,गण्डकी विश्वविद्यालय डीन कपिल अधिकारी लगायत विशिष्ट अतिथिहरु रहनुभएको थियो । यसैगरी श्री १००८ स्वामी अद्वैतानन्द गिरीजी महाराज परमानन्द संस्कृत गुरुकुल विद्यापिठामका प्राचार्य ब्रहमचारी सुभाव चैतन्य महाराज , देवघाट क्षेत्र विकास समिति कार्यकारी निर्देशक सदन बराल , देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ , प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी लगायत अतिथि रहनुभएको थियो ।

    347644449_2485888294899359_6653520964103518825_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend