देवघाट तनहुँ:जेष्ठ १२ गते
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा सात दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम आज शुक्रबारबाट सुरू भएको छ ।"समृद्ध नेपालका लागि स्वास्थ्य,कर्मठ र उद्यमी युवा"भन्ने मुल नारा सहित देवघाट गाउँपालिकाको आर्थिक सहयोग,राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोग तथा देवघाटधाम जेसीजको व्यवस्थापनमा शुभारम्भ भएको हो । ब्यानर पढेर तालिमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय अध्यक्ष विकास मानन्धरले देवघाटधाम जेसीजलाई स्थापित भएको छोटो समयमा धेरै सहयोग गरेर अगाडि बढाएकोमा पालिकालाई धन्यवाद व्यक्त गरे ।

पालिकालाई युवापुस्ताहरूलाई अगाडि बढाएर समृद्ध देशको विकास गर्न लागि पर्न मानन्धरले आग्रह गरे । सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले देवघाटधाम जेसीजले देवघाट गाउँपालिकाको समग्र विकासको लागि हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले यो देशको गहना भनेकै युवाहरू हो भन्दैँ युवालाई विकास गर्ने प्रतिवद्वता व्यक्त गरे । एउटा मात्रै भएपनि उद्यमी उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको राष्ट्रिय युवा परिषद्का सनमाया रम्तेलले बताए ।

देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी,नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष जेसी राधिका भुसाल, जेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष जेसी राजाराम गौतम,राष्ट्रिय युवा परिषद्का अधिकृत सनमायाँ रम्तेल देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवर,देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटा लगाएतले मन्तव्य दिनु भएको थियोे ।

भने सो समारोहमा देवघाटधाम जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी विष्णुहरि सापकोटाले कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्नुभएको थियोे । भने देवघाटधाम जेसीजका सम्पुर्ण पदाधिकारीहरूको सहभागीतामा तालिमको शुभारम्भ भएको छ । कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियोे ।



