देवघाट गाउँपालिकाको प्राङ्गणमा यसरी मनाइयो १६औँ गणतन्त्र दिवस: (फोटो फिचर)

images

  • 269
    SHARES
  • जेठ १५, २०८० सोमबार
    देवघाट गाउँपालिकाको प्राङ्गणमा यसरी मनाइयो १६औँ गणतन्त्र दिवस: (फोटो फिचर)
    images

    देवघाट तनहुँ:जेठ १५ गते

    तनहुँ देवघाट गाउँपलिकाको आयोजना आज १६औँ गणतन्त्र दिवस। गाउँपालिकाको प्राङ्गणमा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा,उपाध्यक्ष भुवन सिं गुरुङ,प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी र देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले एकसाथ नेपालको नक्सामा दीप प्रज्वलन गरि १६ औँ गणतन्त्र दिवस मनाइएको छ। नेपाली नागरिकको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइँदै आएकाे छ ।

    कार्यक्रममा देवघाट ५ वडा सदस्य बुद्धि बहादुर पाण्डे,देवघाट गाउँपलिका प्रशासन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल,कार्यक्रम अधिकृत शाखा प्रमुख कृष्णराज पन्त र होम बहादुर भाराती लगाएतको उपस्थिति रहेको थियो।

    वि.सं. २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।

    तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको चुनाव भयो । २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।
     
    1.jpg

    8.jpg10.jpg4.jpg5.jpg2.jpg3.jpg7.jpg



    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend