देवघाट तनहुँ: जेष्ठ १९
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ को सार्वजनिक सुनुवाई कार्यक्रम आज शुक्रबार आ.व ०७९/८० को वार्षिक कार्यक्रम सम्बन्धी "पारदर्शी,जवाफदेही,परिणाममुखी नागरिक मैत्री विधिको शासन"सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको हो।

देवघाट ५ नयाँवस्ती स्थित हाटबजारमा आयोजित सो सुनुवाई कार्यक्रममा ०७९/०८० को निति तथा योजना कार्यक्रमको ५ वडाबाट भएको गतिविधी सम्बन्धि आम नागरिकलाई देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पूर्ण बहादुर कुँवरले वार्षिक काम कार्ययोजनाको विषयमा जानकारी गराएका थिए। वडा कार्यालय मार्फत सम्पन्न भएका काम कार्ययोजनाको बिषयमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्बन्धित प्रश्नको बारेमा ५ वडा अध्यक्ष कुँवरले प्रष्ट पारेका थिए ।

वडा कार्यालयहरू र नागरिक बिचको सम्बन्ध र संवाद स्थापित गर्न र त्यस्तो सम्बन्धको माध्यमबाट वडाको समग्र विकास गर्न र नागरिकको प्रत्यक्ष सहभागिताको माध्यमबाट वडाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई जिम्मेवारी र जवाफदेही संस्कृतिको विकास गर्न सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष कुँवरले बताए। स्थानीय सरकार आएको दोस्रो कार्यकालको पहिलो वर्ष नै वडा ५ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरि जनताको आवश्यकता,गुनासो र जिज्ञासा सुन्न र सुनाउन कार्यक्रम गरिएको वडा अध्यक्ष कुँवरले बताए । कार्यक्रम,उपलब्ध सेवा,वस्तु र सुविधा सार्वजानिक गरि त्यस सम्बन्धमा सार्वजनिक स्थलमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि जिम्मेवार संस्कृतको विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

वडाबाट सन्चालित विकास कार्यक्रम उपलब्ध सेवा,वस्तु र सुविधा सार्वजानिक गरि जनताको राय सुझावको आधारमा भविष्यको नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने अध्यक्ष कुँवरले बताउदैँ आगमि दिनहरूमा वडाको बजेट विनियोजन गर्ने समयमा सबै टोल विकासलाई सहभागी गराएर बजेट विनियोजन गर्ने प्रतिवद्वता गरे ।

सो कार्यक्रममा देवघाट ५ का पुर्व वडा अध्यक्ष याल बहादुर गुरूङ,नेकपा एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपाने,नेकपा एमाले देवघाट ५ वडाका अध्यक्ष गणेश थापा, देवनन्द न्यौपाने,देवघाट ५ का पुर्व सदस्य टुकनाथ अधिकारी,नेपाली काङ्ग्रेस देवघाटका उप सभापति पुरूश्वतम शर्मा पण्डित,रास्वपा देवघाटका संयोजक बल बहादुर क्षेत्री,समाजसेवी प्रेम बहादुर गुरूङ,मणि मुकुन्देश्वर टोल बिकास संस्थाका सचीव रामहरि पुडासैनी,समाजसेवी रामनाथ मिश्र,राप्रपा देवघाट अध्यक्ष दिवाकर शर्मा,महिला संञ्जाल देवघाट अध्यक्ष राधादेवी खनाल,समाजसेवी गोविन्द न्यौपाने,समाजसेवी पञ्च बहादुर आले मगर,देवघाट युवा तथा खेलकुद समितिका उपाध्यक्ष सान श्रेष्ठ लगाएत गरि १५ सहभागी सेवाग्राहीले विभिन्न विषयमा प्रश्न,जिज्ञासा र सुझाब राखेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल,अतिथि देवघाट गाउँपालिका वडा ५ सदस्य कमला गुरूङ,याम बहादुर गुरूङ,बुद्धि बहादुर पाण्डे,सरस्वती परियार,देवघाट गाउँपालिका योजना शाखा प्रमुख राम प्रसाद सापकोटा ,कार्यक्रम शाखा प्रमुख कृष्ण राज पन्त, वडा सचिव पवित्रा खनाल विभिन्न राजनैतिक पार्टीका पदाधिकारी एवं प्रतिनिधिहरु, निवर्तमान वडा अध्यक्ष एवं विभिन्न संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधि हरु लगाएत सुरक्षा निकाय आदिको सहभागीता रहेको थियो ।




