देवघाट , जेठ २२
तनहुँको देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले वातावरणलाई मैत्रीपुर्ण बनाउन आफैंबाट सुधार गर्न जरुरी रहेको बताएका छन्।आज सोमबार विश्व वातावरण दिवसको अवसरमा देवघाट गाउँपालिकाको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका थिए। उहाँले पदूषणलाई कम गरि मैत्रीपुर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको बताउनुभयो।

साथै सवै आमनागरिकले फोहोर गर्दिन भन्ने प्रण आवश्यक रहेको बताए।अहिले विश्वको चुनौती भनेको जलवायु परिवर्तन निर्मुल पार्नु रहेकाले हामी टोल समुदाय बाट यसको थालनी गर्नुपर्ने बताउनुभयो।साथै प्लास्टिकजन्री पदार्थको कम प्रयोग गरि पृथ्वी र प्रकृति बचाउने आवश्यक रहेको अध्यक्ष थापाले बताउनुभयो। सो सरसफाइ कार्यक्रम आज सोमबार गलेश्वर चोक बाट सुरू भई गलेश्वर आश्रम परिसर हुदैँ वेणी संगम पुगि सम्म सरसफाइ गरिएको थियो ।

सो सरसफाइ कार्यक्रममा सरसफाइ सम्बन्धि जनमानसमा जनचेतना आयो भने सरसफाइ आफैमा सरसफाइ हुने देवघाट गाउँपालिका साँस्कृतिक पर्यटन शाखा प्रमुख होम बहादुर भारतीले बताए । प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ । विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति विश्व स्तरमा राजनीतिक र सामाजिक जागरण ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

पालिकाको आयोजनामा भएको सो कार्यक्रम इलाका प्रहरी कार्यालय देवघाट,देवघाट सामुदायिक सेवा केन्द्र ,देवघाटधाम जेसीज र लियो क्लव अफ देवघाट चौतारीको समन्वयमा रहेको थियो भने देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङ,प्रशासन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल,इलाका प्रहरी कार्यालय देवघाट प्रमुख कृष्ण बहादुर बानियाँ,कार्यक्रम अधिकृत कृष्णराज पन्त,रोजगार शाखा प्रमुख कर्ण गुरूङ,देवघाटधाम जेसीज वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष रघु मल्ल लियो क्लव अफ देवघाट चौतारी अध्यक्ष रक्षा कार्की लगाएत महिला समुह,टोल विकास संस्थाहरुको पनि सहभागीतामा रहेको थियो।





