देवघाट २ वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

images
  • 320
    SHARES
  • जेठ २५, २०८० बिहीबार
    देवघाट २ वडाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
    images

    जेठ २५, २०८०बिहीबार 

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर २ को सार्वजनिक सुनुवाई कार्यक्रम आज बिहीबार आ.व ०७९/८० को वार्षिक कार्यक्रम सम्बन्धी "पारदर्शी,जवाफदेही,परिणाममुखी नागरिक मैत्री विधिको शासन"सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।

    352346861_651036176476460_3113497490638799479_n.jpg

    देवघाट २ वडा कार्यालयको भवनमा भएको सो सुनुवाई कार्यक्रममा ०७९/०८० को निति तथा योजना कार्यक्रमको २ वडाबाट भएको गतिविधी सम्बन्धि आम नागरिकलाई देवघाट २ वडा अध्यक्ष मिन बहादुर रानाले वार्षिक काम कार्ययोजनाको विषयमा जानकारी गराएका थिए। वडा कार्यालय मार्फत सम्पन्न भएका काम कार्ययोजनाको बिषयमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्बन्धित प्रश्नको बारेमा २ वडा अध्यक्ष रानाले प्रष्ट पारेका थिए ।

    352396293_6255596504529955_4821261377456108209_n.jpg

    वडा कार्यालयहरू र नागरिक बिचको सम्बन्ध र संवाद स्थापित गर्न र त्यस्तो सम्बन्धको माध्यमबाट वडाको समग्र विकास गर्न र नागरिकको प्रत्यक्ष सहभागिताको माध्यमबाट वडाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई जिम्मेवारी र जवाफदेही संस्कृतिको विकास गर्न सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष रानाले बताए। स्थानीय सरकार आएको दोस्रो कार्यकालको पहिलो वर्ष नै वडा २ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरि जनताको आवश्यकता,गुनासो र जिज्ञासा सुन्न र सुनाउन कार्यक्रम गरिएको वडा अध्यक्ष रानाले बताए । कार्यक्रम,उपलब्ध सेवा,वस्तु र सुविधा सार्वजानिक गरि त्यस सम्बन्धमा सार्वजनिक स्थलमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि जिम्मेवार संस्कृतको विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको बताए ।

     

    352780606_214644718175428_1322095295053073319_n.jpg वडाबाट सन्चालित विकास कार्यक्रम उपलब्ध सेवा,वस्तु र सुविधा सार्वजानिक गरि जनताको राय सुझावको आधारमा भविष्यको नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने अध्यक्ष रानाले बताउदैँ वडास्तरीय योजना तर्जुमा गोष्ठी गरी विभिन्न टोल संस्थाहरु बाट राय सुझाव र योजना टिपोट गरेका थिए । सो कार्यक्रममा देवघाट ३ वडा अध्यक्ष टेक बहादुर आले, कार्यपालिका सदस्य हुममाया खाँण र बालकुमारी परियार, देवघाट गाउँपालिका योजना शाखा प्रमुख राम प्रसाद सापकोटा ,कार्यक्रम शाखा प्रमुख कृष्ण राज पन्त,प्रधानमन्त्री रोजगार शाखा प्रमुख कर्ण गुरुङ,देवघाट २ वडा सदस्य याम बहादुर मगर लगायत राजनैतिक दल,विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो भने करिब १० सहभागी सेवाग्राहीले विभिन्न विषयमा प्रश्न,जिज्ञासा र सुझाब राखेका थिए ।

    352499345_1020588932255656_3666377666542745287_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend