करिस्मा गुरुङ
तनहुँ, जिल्ला डिभिजन वन कार्यालय तनहुँको आयोजनामा राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी सव डिभिजन स्तरीय अन्तरक्रिया गोष्ठी कार्यक्रम आज शुक्रबार देवघाटमा सम्पन्न भएको छ । मानव र वन्यजन्तुु द्वन्द्व न्यूनीकरण कसरी सरल तरिकाले गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख नवराज घिमिरेले जानकारी दिए ।

"प्राकृतिक स्रोत साधन,वन्यजन्तुुको संरक्षण सबैले गर्नुपर्छ त्यसलाई हुर्काउने बढाउने काम सामुदायिक वनको दायित्व हो घिमिरे" । द्वन्द्व स्थान पिच्छे फरक हुन्छ कतिपय ठाउँमा चितुवा सँग द्वन्द्व भइरहेको हुन्छ , सर्पसँग द्वन्द्व भने देवघाटमा बाँदर सँगको द्वन्द्व छ त्यसलाई न्यूनीकरण गर्नका लागि स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको बताए । सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले मानव वन्यजन्तुु द्वन्द्व न्यूनीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने बताए । थापाले सोही अवसरमा यो आ.व. टेण्डरबाट काम भएका हरेक सामुदायिक वनले अनिवार्य रूपमा गाउँपालिकालाई १० प्रतिशत जम्मा गर्न अनुरोध गरेका छन् । गाउँपालिकालाई अहिलेसम्ममा मलेपाले चार करोड भन्दा बढीको बेरूजी देखाइएको छ ।


हरेक वर्ष मलेपाले पालिकामा बेरूजी देखाइरहने राम्रो कुरा गरेको कहिल्यै नदेखाउने भएपछि पालिकाले गाउँपालिका राष्ट्रिय महासँघ सँग कुरा पुर्याएको थापाले बताए । अध्यक्ष थापाले कार्यपालिका बैठकमा जुन सामुदायिक वनले १० प्रतिशत पैसा पालिकामा जम्मा गर्छ सो रकम बराबर त्यो स्थानमा छुट्टै योजना बनाइ बजेट विनियोजन गर्ने समेत जानकारी बताए । निजीवन महासँघका विष्णु प्रसाद ज्ञवालीले मानव र वन्यजन्तुु द्वन्द्व लाई न्यूनीकरण गर्न दुबईको आवश्यकतालाई समेटेर अगाडि बढ्नुपर्ने बताए ।

सँगै सामुदायिक वनहरूले अब वनको आम्दानीबाट युवाहरूलाई रोजगारी दिने उद्देश्यले कम्पनी दर्ता गरेर एउटा व्यवसायलाई अगाडि बढाउन आग्रह गरे । अन्तरक्रिया गोष्ठी कार्यक्रममा डिभिजन वन तनहुँका सहायक वन अधिकृत दया निधी अर्याल,सामुदायिक वन उपभोक्ता महासँघ गण्डकी प्रदेश सचिव केशव चन्द्र न्यौपाने र जिल्ला महासँघ सदस्य उमेश नैनावस्तीले मानव वन्यजन्तुु द्वन्द्व न्यूनीकरण राम्रो सरल तरिकाले कसरी गर्न सकिन्छ भन्ने विषयमा अनुभव प्रस्तुत गरेका थिए । सो अन्तरक्रिया गोष्ठी कार्यक्रम चक्रबर्ती सामुदायिक वनका सचिव प्रेम मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा र सव-डिभिजन वन कार्यालयका कर्मचारीहरू,गाउँपालिका भित्रका सामुदायिक वनका अध्यक्ष,सचिव,कोषाध्यक्ष लगाएतका प्रतिनिधिहरूको सहभागीता थियोे ।



