करिस्मा गुरुङ
तनहुँ देवघाटधाम जेसीजद्वारा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष राधिका भुसाललाई आज देवघाटधाम जेसीजका निरूपित राष्ट्रिय उपाध्यक्ष समेत रहेका भुसालको शाखा भ्रमण कार्यक्रमको अवसरमा देवघाटधाम जेसीजले स्वागत गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि देवघाटधाम जेसीजका निरूपित राष्ट्रिय उपाध्यक्ष एवं नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष राधिका भुसालले शाखा भ्रमण कार्यक्रममा आउन पाउदा खुसी व्यक्त गरिन् ।

भुसालले जेसीजबाट हामी कसरी अगाडि बढ्न सकिन्छ, हामी कसरी जेसीजबाट चिन्न र व्यापार व्यवसाय फस्टाउन सकिन्छ भन्ने विषयमा अन्तरक्रिया सँगै त्यस विषयमा प्रस्ट पारेका थिए । उनले देवघाटधाम जेसीज उत्पादन भएदेखि फस्टाउनु सम्ममा सहयोग गर्ने प्रतिवद्वता जायर गर्दै आफुले जाने अनुसारको अनुभवहरू प्रदान गर्दै अगाडि बड्ने बताए । सो कार्यक्रम देवघाटधाम जेसीज वर्ष २०२३ का अध्यक्ष विष्णुहरी सापकोटाले हालसम्म गरेका कामको विषयमा प्रस्ट पार्दै आगमि दिनहरू देवघाटधाम जेसीजले देवघाट गाउँपालिका सँग सहकार्य गरेर धेरै कार्यक्रम गर्ने सापकोटाले बताए ।

सापकोटाले भाषा,साहित्य र संस्कृति संरक्षण र जेसी कवि उत्पादन गर्ने उद्देश्यले अब देवघाटमा राष्ट्रिय स्तरको काव्य सम्मेलन गर्ने, युवती आत्मरक्षक /महिला हिंसा सम्बन्धी तालिम,देवघाटको सबै वडामा जेसीज पुगोस् भन्ने उद्देश्यले वडाहरूमा हस्पिटलसँग सहकार्य गरेर स्वास्थ्य शिविर सञ्चालनगर्ने र स्थानिय सरकार सँग सहकार्य गरेर संसदीय तालिम प्रणाली तालिम प्रदान गर्ने बताए । त्यस्तै गरि देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटाले देवघाटधाम जेसीजलाई अगाडि बढाउन अझै धेरै संघर्ष गर्दै अगाडि बढ्नुपर्ने बताउदैँ आफु जेसीजको लागि हरदम खटिरहने सकेको सहयोग सदैब रहने बताए ।

शाखा भ्रमण कार्यक्रममा नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय महासचिव जेसी कृष्ण सापकोटा,मातृशाखा गितानगर २०२३ का महासचिव जेसी युवराज अधिकारी,देवघाटधाम जेसीजका बोर्डका पदाधिकारीहरू लगाएत उपस्थिति रहेको थियोे । देवघाटधाम जेसीज वर्ष २०२३ का उपाध्यक्ष जेसी करिष्मा गुरूङको संयोजकत्व एवं विष्णुहरी सापकोटाको अध्यक्ष सम्पन्न भएको थियोे।



