करिस्मा गुरुङ तनहुँ
देवघाट दलित उत्थान समाजको आयोजना र देवघाट गाउँपालिकाको आर्थिक सहयोग दलित सचेतना एवं नेतृत्व विकास सम्बन्धी एक दिने तालिम पालिकाको सिटि हलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले समुदायका जातजाति,भाषा, धर्म र रहनसहन फरकफरक भएता पनि सबै एक्यवद्धता भएर अगाडी बढ्नुपर्ने बताए।साथै कोहि कसैलाई पनि जातीयताको आधारमा अपहेलना गर्न नपाउनु र नगर्न अनुरोध गरेका थिए ।

दलितहरू पनि प्रमुख र बिशिस्ट स्थानमा पुगेको उदाहरण दिदैँ पालिकाभरिका सम्पुर्ण दलित समुदायलाई आफ्नो कर्तव्य,हक अधिकारका निम्ति अगाडि बढ्न अनुरोध गरेका थिए भने पालिका बाट गर्नुपर्ने सहयोगमा सदैब रहने बताए । सो तालिम सुरूवाति चरणमा देवघाट गाउँपालिका कर्मचारी होम बहादुर भारतीले दलितको बिषयमा उद्देश्य,जातिय विशेषता र रणनीतिकहरूको प्रशिक्षण दिएका थिए ।

त्यस्तै गरि देवघाट गाउँपालिका कृषि शाखा प्रमुख बल बहादुर सिकर्मीले कृषि खेति प्रणाली,रोग/प्रकोप,पहिचान र व्यवस्थापन,पोष्ट हार्भेष्ट क्षति रोकथामको विषयमा प्रशिक्षण दिएका थिए भने पशुपन्छीपालन,स्थानीय तथा उन्नत जातहरू, विषेशताहरू, पालन व्यवस्थापन र व्यवहारिक समस्याको विषयमा देवघाट गाउँपालिका पशु शाखा प्रमुख दिपक सिं धामी र देवघाट गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुभद्रा भट्टराईले दलित छुवाछुत सम्बन्धी निति,नियम र संवैधानिक व्यवस्थाको विषयमा प्रशिक्षण दिएका थिए ।
सो तालिममा देवघाट गाउँकार्यपालिका सदस्य बाबुराम परियार र गंगा सिं वि.क. दलित उत्थान समाजको पुर्व अध्यक्ष सान बहादुर परियार लगाएत उपस्थिति रहेको सो तालिममा ४० जना प्रशिक्षार्थी सहभागी रहेको थियोे । भने देवघाट दलित उत्थान समाजको उपाध्यक्ष कुल बहादुर परियारको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।



