देवघाट, बैशाख ८
देवघाट गाउँपालिका वडा नम्बर-१ स्थित पर्दछ कोटा र कालिकाटार गाउँ । जहाँ सिर्जनशिल युवा क्लवले नयाँ वर्ष-२०८१ सालको पावन अवसरमा नयाँ वर्ष मेला तथा शुद्व गाउँस्तरीय पुरूष तथा महिला भलिबल प्रतियोगिता कार्यक्रम आयोजना गरिएको थियोे ।

उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । सोहि कार्यक्रमको समापन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफु चुनावमा हारे पनि आवश्यक परेको ठाउँमा काम गर्दै आएको बताएका छन् । भट्टराईले सोही अवसरमा चुनाव जित्नु मात्रै ठुलो हैन कि काम गरेर देखाउनु ठुलो कुरा हो भने । उनले देवघाट आफ्नै गाउँघर हो भन्दै देवघाटलाई आवश्यक परेको खण्डमा आफु सधै हाजिर हुने बताएका छन् ।

साथै सोही समारोहमा भट्टराईले आफुले चुनावको बेला पानी ल्याईदिन्छु भनेको बाँचा पुरागरिदिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । भट्टराईले देवघाट-१ को आपटार सिंचाइ योजना र कालिकटार सिंचाइ योजनाहरू अगाडि बढाएको बताए । त्यस्तै गरि बृहत् कोटा खानेपानीको योजना सुरूवात गरेको जानकारी गराउदैँ खानेपानीको काम पूरा गर्ने बताएका छन् । आफू हरेक दिदी बहिनीको भान्सामा पानी पुग्नुपर्छ भनेर लागेको भन्दै उनले आफ्नो सक्रियतामा तनहुँका ५९ खानेपानी योजना बनेको उल्लेख गरे ।

‘चुनाव हारे पनि तनहुँमा २० ओटा खानेपानीका नयाँ योजना पार्न पहल गरेको छु,’ देवघाटमा समेत त्यस्ता योजनाहरु परेको उल्लेख गर्दै उनले भने ‘५८ करोडको शालिग्राम करिडोरको ठेक्का पनि हाम्रै पहलमा लागेको छ भने ।’ देवघाटमा अरु विकासका योजना ल्याउनसमेत प्रयास गरिरहेको बताएका भट्टराईले भने,‘म यस ठाउँलाई दक्षिण भेगको विकासको केन्द्र बनाउन चाहन्छु ।’ आफूलाई काम गर्न पद र सरकार नचाहिने तर्क गर्दै उनले भने,‘म यही ठाउँको हो । मलाई काम गर्न हाम्रो सरकार पनि चाहिन्न । तर, गोरु बेचेकै साइनो छैन भन्ने जितेका व्यक्ति कता हिँड्नुभएको छ ?’



