देवघाटमा खोला च्यापेर घर निर्माण

images
  • 1.2K
    SHARES
  • जेठ ३२, २०८० बिहीबार
    देवघाटमा खोला च्यापेर घर निर्माण
    images
     तनहुँ
    तनहुँको देवघाट गाउँपालिकामा धेरैजसो ऐलानी जग्गामा बस्दै आएका छन्। पुर्जावाला जग्गा हुनेको संख्या थोरै छ, जसले गर्दा यहाँका स्थानीय समस्यामा छन्। यही समस्याको बीचमा स्थानीयले खोला मिचेर घर बनाएपछि स्थानीय सरकार र स्थानीयबीच अर्को विवाद सिर्जना भएको छ। देवघाट ५ स्थित क्युदी खोला मिचेर स्थानीयले घर निर्माण गरेपछि स्थानीय र गाउँपालिकाबीच विवाद बढेको हो। स्थानीय विष्णु अधिकारीको निस्सा रहेको खोला किनारको जग्गा मिचेर उनका दाइ शिव अधिकारीले घर निर्माण गरेको गाउँलेको आरोप छ।
     
    354574345_825355565203561_875364290981233752_n.jpg
    अधिकारी परिवारले आफ्नोभन्दा खोलाको जग्गा बढी मिचेको गाउँलेले बताएका छन्। अधिकारीले २७ आना ऐलानी जमिनमा घर निर्माण गर्दा खोलाको ८ आना जमिन ओगट्दै आएको स्थानीय डिल्लीराम गिरीले बताए उनका अनुसार कुनै समय उक्त स्थानमा खोला बग्थ्यो । २०/३० टिपर भन्दा बढी माटो ल्याएर खोलाको जमिन ओगटेको गिरीको भनाइ छ । बमबहादुर गुरूङले खेतको रूपमा रूपान्तर गरेर खेतीपाती गर्दै आएको उक्त जमिन डेढ बर्ष अगाडि छोरा जालबहादुर गुरूङले शिव अधिकारीलाई बिक्री गरेका थिए। घर बनाइरहेका शिव अधिकारीले भने घर बनाउदा आवश्यक सामान ढुवानीको लागि सहज बनाउन खोला मिचेजस्तो देखिएको बताए।
    354542032_776422463932387_2255510616588637168_n.jpg
     
    'घर निर्माण सम्पन्न भएलगत्तै पुनः सो जमिन पहिलेकै अवस्थामा छोडिदिन्छौं,' अधिकारीले भने, 'अहिले बाटोको लागि मात्रै खोलाको जग्गा प्रयोग भएको हो।' देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले भने सरकारी नियमविपरीतका क्रियाकलापमा गाउँपालिका कठोर बन्ने बताए। तर, लालपुर्जा नभएको कारण देवघाटका स्थानीयले यस्ता समस्या झेल्न बाध्य भएको उनले बताए।
     
     
    'यति भन्दैमा कानुनविपरित भए/गरेका काममा आँखा चिम्लिन सकिँदैन,' उनले भने। गाउँसभामा नीति तथा कार्यक्रम ल्याएर त्यसलाई नियमअनुसार कडाइका साथ अगाडि बड्ने उनले बताए। ऐलानी जग्गामा सीमा मिचेर घर टहरा बनाउने प्रवृत्ति बढ्दै आएको हुँदा त्यसलाई नियमन गर्ने विषयमा गाउँपालिका नचुक्ने उनको भनाइ छ।
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend