भुजेल उत्थान समाजको आयोजना देवघाटमा सचेतना एवं नेतृत्व विकास तालिम

images
  • 349
    SHARES
  • जेठ ३२, २०८० बिहीबार
    भुजेल उत्थान समाजको आयोजना देवघाटमा सचेतना एवं नेतृत्व विकास तालिम
    images

    देवघाट तनहुँ

    देवघाट भुजेल उत्थान समाजको आयोजना र देवघाट गाउँपालिकाको आर्थिक सहयोग भुजेल सचेतना एवं नेतृत्व विकास सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

    353846986_246397758026846_989745132237285283_n.jpg

    आज देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख अतिथ्यमा सुरू भएको सो तालिम पालिकाको सिटि हलमा भएको थियोे । सो तालिममा भनाइ राख्दै अध्यक्ष थापाले अहिलेको समयमा सबै "जातजाति,भाषा,धर्म र रहनसहन सबै एउटै हो सबै एकै हौ" म भुजेल ( घर्ती )जाति हो भनेर कतिले चित्त दुखाउने गर्दछ अवबाट त्यस्ता विचारलाई मनैदेखि हटाउन लगाउदै आफ्नो नेतृत्व विकास गरेर अगाडि बढ्न सम्पूर्ण भुजेल समुदायलाई आग्रह गरे । सबै जातजाति एउटै हो कसैलाई काखा कसैलाई पाखा गरि अगाडि बढ्दैनौँ अध्यक्ष थापा पालिकाको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै पनि कमिकमजोरी हुन नदिन थापाले प्रतिवद्वता जनाए ।

    354450135_246397684693520_1272568460042656636_n.jpg

    सो तालिमको सुभारम्भ कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले भुजेल जाति हाम्रो समाजमा पछाडि पर्नुमा आफैँ कमिकमजोरि रहेको बचाए । गुरूङले अन्जान हुनु र नेतृत्व विकास नभएर पछाडि परेको हो भने । र अब भने पहिलो प्राथमिकता आफैँलाई दिएर नेतृत्व विकास गरि अगाडि बढ्न सबै भुजेल जातिलाई अनुरोध गरे ।

    353816358_246397631360192_748601514796267851_n.jpg

    सो तालिम सुरूवाति चरणमा देवघाट गाउँपालिका विपद व्यवस्थापन वन वातावरण पर्यटन शाखा होम बहादुर भारतीले भुजेल वर्गको परिचय,उद्देश्य,जातिय विशेषता र रणनीतिकहरूको विषयमा प्रशिक्षण दिएका थिए । र त्यस्तै गरि देवघाट गाउँपालिका कृषि शाखा प्रमुख बल बहादुर सिकर्मीले नेतृत्व विकासमा कृषि प्रणालीको भुमिका,महत्त्व र फाइदा विषयमा प्रशिक्षण दिएका थिए भने त्यस्तै गरि उद्यमशिलता विकास सम्बन्धी सचेतना र जानकारी देवघाट गाउँपालिका उद्यम विकास सहजकर्ता तिर्थ प्रसाद लम्सालले प्रशिक्षण दिएका थिए भने नेतृत्व विकासमा पशुपन्छीपालन प्रणाली,स्थानीय तथा उन्नत जातहरू,विशेषताहरू,पालन व्यवस्थापन र व्यवहारिक समस्याको विषयमा देवघाट गाउँपालिका वडा नम्बर ४ का नायब पशु स्वास्थ्य प्राविधिक अजय गुरूङले प्रशिक्षण दिएका थिए ।

    353838646_246397531360202_7195110073338659042_n.jpg

    बृद्धा बुवाआमाहरूको समेत सहभागीता रहेको सो तालिममा ५० जना प्रशिक्षार्थी सहभागी रहेको थियोे । भने देवघाट भुजेल उत्थान समाजको अध्यक्ष गोपाल भुजेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend