देवघाट, असार ३
देवघाट गाउपालिको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्पन्न भएको छ । देवघाट गाउंपालिकाको वडा २,३,४ र ५ का ठाउंहरुमा भएको अन्तरक्रिया कार्यक्रममा महिला लघुवित्त वित्तीय संस्थाका सुपरिवेक्षण तथा निरिक्षण कार्यालय टांडीका कार्यालय प्रमुख श्री सुनिल अर्यालले असार १ गते देवघाट गाउपालिकाको वडा नं. ३ छिपछिपेमा १८ जना मौरीपालन ब्यवसाय गर्न इच्छुक लघु उद्यमी, त्यसै दिन दगारा टोलमा १५ जना साबुन तथा सरफ बनाउन इच्छुक लघु उद्यमीलाई र असार २ गते वडा नंं. ५ का ९ जना ब्युटिसियन र दुनाटपरि ब्यवसाय गर्न इच्छुक उद्यमीहरुलाई वित्तीय साक्षरता बचत कसरी बचाउने खर्च कम गर्न के के गनुपर्दछ ।

कर्जा लिइ सकेपछि कसरी ब्यवसायमा लगानी गर्ने कर्जा सदुपयोग कसरी गर्ने तथा महिला लघुवित्तमा आवद्ध हुन आवश्यक निति नियम समुह गठन तथा उद्यमी बन्न आवश्यक पर्ने कर्जा लिन्न आवश्यक प्रक्रियाका बारेमा जानकारी गराएका थिए । त्यस्तै असार १ गते देवघाट गाउपालिका वडा नंं. २ करांदिपमा भएको अन्तरक्रियामा महिला लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय सांगा,काभ्रेमा कर्जा असुली तथा जाखिम ब्यवस्थापन विभागमा कार्यरत कर्मचारी श्री रविन दाहाले १८ जना चुरापोते बाला बनाउन इच्छुक लघु उद्यमीलाई र असार २ गते वडा नंं. ४ सिञ्चाङमा १७ जना डाईभिङ र सिलाइकटाई ब्यवसाय गर्न इच्छुक उद्यमीलाई वित्तीय साक्षरता कसरी बचत गर्न सकिन्छ हामीले कति कमाउछौं भन्दा पनि हामीलेकति बचत गर्छौ ताे नै हाम्रो वित्तीय चेतना हाे । रक्सी,चुरोट,फ्रेसन अनुसारका कपडाहरुमा खर्च नगरी अत्यावश्यक बस्तुमा मात्र खर्च गरी खर्च कटौति गरी बचत गर्न सुझाव दिए ।

बैक तथा लघुवित्त संस्थाहरुबाट लिएकाे कर्जा सहि सदुपयोग गर्न, ब्यवसायमा नै लगानी गर्न आग्रह गरे र महिला लघुवित्तमा आवद्ध हुन आवश्यक निति नियम समुह गठन तथा उद्यमी बन्न आवश्यक पर्ने कर्जा लिन्न आवश्यक प्रक्रियाको बारेमा जानकारी गराएका थिए । देवघाट गाउपालिकाले गाउपालिका भित्रका लघु उद्यमी बन्न चाहने विपन्न तथा गरिव महिला पुरुषहरुलाई नि.शुल्क १५ दिने चुरापोते बाला बनाउने,मौरिपालन,ब्युटिसियन,दुनाटपरि,डाईभिङ र सिलाइकटाई सम्बन्धी तालिम दिइएको थियो ।

तालिममा सबै वडाहरुमा गरी करिब ८० जना सहभागिहरु रहेको देवघाट गाउपालिकाका कर्मचारी श्री तिर्थ प्रसाद लम्सालले बताए । तालिम लिइसकेकाहरुलाई वित्तीय संस्थामा पहुच पुर्याइ ब्यवसाय सञ्चालन गर्नका लागि आवश्यक पुंजि समुह मार्फत बिना धितो कर्जा उपलब्ध महिला लघुवित्तसंग देवघाट गाउंपालिकाले समन्वर्य गरेको छ । अन्तरक्रिया कार्यक्रम गरिएका वडा नं. २,३ र ४ का समुदायहरु दुर्गम तथा पहाडि क्षेत्रका बासिन्दाहरु हुन ।



