देवघाट:जेष्ठ ३ गते
देवघाटधाम जेसीजले आफ्नो स्थापना दिवस वृद्धा आमाबुवालाई भोजन(खाना) खुवाएर मनाइएको छ । आज आइतबारका दिन देवघाटधाम जेसीजले तेस्रो स्थापना दिवस मनाउँदै देवघाट समाज कल्याण केन्द्र( वृद्धाश्रम )का वृद्धवृद्धा आमाबुवाहरुलाई खाना खुवाइएको हो ।

पुन्य भूमिमा पुन्य कार्य गर्दै अगाडि बढौँ भन्ने उद्देश्य लिएर आश्रमका बुवाआमाहरूलाई बेलुकाको भोजन खुवाएर स्थापना दिवस मनाइएको देवघाटधाम जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं कार्यक्रम संयोजक जेसी अर्जुन सुवेदीले बताए ।

जेसीजले पहिलो र दोस्रो वर्ष पनि आश्रममै आएर फलफूल वितरण कार्यक्रम गरिएको थियोे । बृद्धा बुवाआमालाई खाना खुवाउने कार्यक्रम ल्याइ सेवा प्रदान गरिएको भन्दै देवघाटधाम जेसीज परिवारलाई देवघाट समाज कल्याण केन्द्र( वृद्धाश्रम )का व्यवस्थापक देबु अधिकारीले धन्यवाद प्रकट गरेका थिए । सो खाना खुवाउने कार्यक्रममा देवघाटधाम जेसीज परिवार उपस्थिति रहेका थिए ।



