चक्रबर्ती सामुदायिक वनद्वारा तिन सय बाँस वृक्षारोपण

images
  • 356
    SHARES
  • आषाढ ९, २०८० शनिबार
    चक्रबर्ती सामुदायिक वनद्वारा तिन सय बाँस वृक्षारोपण
    images

    करिस्मा गुरुङ

    तनहुँ देवघाटको चक्रबर्ती सामुदायिक वन उपभोक्ता समूहले तिन सय बाँसको बिरूवा वृक्षारोपण गरेका छन् । सामुदायिक वनको खाली स्थानहरुमा र पहिरो जोखिम ठाउँहरुमा केहि हदसम्म भए पनि रोकथाम गर्न सकिन्छ कि भन्ने उद्देश्यला साथ बाँस वृक्षारोपण गरेको वनका अध्यक्ष दिल बहादुर गुरूङले बताए ।

    356237059_215333064734371_9111355365879816985_n.jpg

    साथै गुरूङले पछि गएर सामुदायिक वनलाई केही दीर्घकालीन लाभ बाँस बाट हुने समेत बताए । बाँसबाट डोको,डालो,नाङ्लो,ढकिया लगाएत विभिन्न वस्तुहरू निर्माण गर्न सकिने भएको हुदाँ बाँस नै अति उत्तम हुने हुँदा बाँसको बिरुवा लगाइएको वनका सचिव प्रेम थापाले बताए । सो बिरुवा देउति खोलाको वरपर लगाइएको हो भने वनले अब तत्कालै लिचिको बिरुवा वृक्षारोपण गर्ने योजना रहेको बनाए ।

    356106624_215333134734364_4606184751132070448_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend