देवघाटमा एक पुरूष नाम्लोको पासो लगाएर झुन्डिएको अबस्था फेला

images
  • 1.3K
    SHARES
  • आषाढ ११, २०८० सोमबार
    देवघाटमा एक पुरूष नाम्लोको पासो लगाएर झुन्डिएको अबस्था फेला
    images

    तनहुँ । असार ११

    तनहुँको देवघाटमा एक पुरूष नाम्लोको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका छन् । गैडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनि स्थित स्थायी बसोबास रहि हाल देवघाट गाउँपालिका वडा नम्बर ५ कालिमाटी स्थित बस्दैँ आएका ४५ वर्षिय मेख बहादुर गुरूङ्ग आज बिहान आफ्नै घरभित्र झुन्डिएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बहादुर बानियाँले बिहानी मिडियालाई बताए ।

    गुरूङको शव पोष्टमाटनको लागि भरतपुर हस्पिटल लगेको प्रमुख बानियाँले जानकारी दिए । गुरूङ आफ्नै घरभित्र चुकुल लगाएर झुन्डिएको अवस्था भेटिएको हो भने आत्मा हत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend