करिस्मा गुरुङ तनहुँ,
"एक घर एक धारा हाम्रो पहिचान सुरक्षित खानेपानी युक्त समुदाय घोषणा हाम्रो अभियान"भन्ने मुल नारा सहित देवघाट गाउँपालिका वडा नम्बर १ वर्षाखोला स्थित रहेको चिसीनी खोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सुचकहरू प्रयोग गरी वडा नम्बर १ को पहिलो सुरक्षित खानेपानी समुदाय बन्न सफल भएको छ। सो सुरक्षित खानेपानी घोषणा कार्यपालिकाको निर्णय अनुसार २ दिने तालिम पश्चात् चितवन जिल्लामा पानी परिक्षण गरी खानेपानी किट अनुसार घोषणा गरिएको देवघाट गाउँपालिका विपद व्यवस्थापन वन वातावरण पर्यटन शाखाका होम बहादुर भारातीले बताए थिए।

आज बुधबार भएको सोहि सुरक्षित खानेपानी घोषणा कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले वडाको पहिलो सुरक्षित खानेपानी घोषणा गर्न सफल भएको भन्दै चिसीनी खोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई धन्यवाद व्यक्त गरे । उनले सोही अवसरमा घोषणा गर्नु मात्रै ठुलो कुरा नभई यसलाई निरन्तरता दिन सक्नु ठुलो कुरा रहेको बताउदैँ पालिका भरिका सम्पूर्ण टोललाई सुरक्षित खानेपानी घोषणा गर्ने तर्फ अगाडि बढ्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिका गाउँकार्यपालिका सदस्य बाबुराम परियारले पानी मानव जातीको सबैभन्दा महत्त्वपूर्ण शुद्ध खानेपानी रहेको बताउदै सबैले सुरक्षीत शुद्ध खानेपानीको व्यवस्थापन गर्ने बताए। । परियारले वर्षा खोला संस्थाले गरेको राम्रो काम अन्य टोलले पनि सिको गरेर अगाडि बढ्नुपर्यो समेत बताए ।

देवघाट गाउँपालिका वडा नम्बर १ का पूर्व वडा अध्यक्ष भिम बहादुर गुरूङले पूर्ण सुरक्षीत खानेपानी घोषणा टोल स्तरीय मात्र नभइ पालिकामा नै पूर्ण सुरक्षित खानेपानी घोषणा गर्नुपर्ने सुझाव दिए ।साथै गुरूङले यो भन्दा अगाडिको स्थानीय सरकारले अगाडि बढाएको पुर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा कार्यक्रमलाई अगाडि बढाउन अनुरोध समेत गरे । कार्यक्रममा वर्षा खोला संस्थाका अध्यक्ष जस बहादुर गुरूङले सुरक्षित खानेपानीको सुचकहरू प्रयोग गरेर घोषणा गरेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री रोजगार शाखाका प्रमुख कर्ण गुरूङ, वडा १ सदस्य बेल बहादुर गुरूङ,कोटा युवा तथा खेलकुद समितिका अध्यक्ष राजकुमार गुरूङ लगाएतले मन्तव्य दिएका थिए भने वडा नम्बर १ सदस्यहरू मनमायाँ गुरूङ,नानुमायाँ वि.क देवघाट गाउँपालिका पुर्वाधार विकास तथा भवन नियमन शाखाका ध्रुव प्रसाद चापागाईं लगाएत उपस्थिति रहेका थियो भने कार्यक्रम देवघाट वडा १ का अध्यक्ष मनिराज गुरूङको अध्यक्षतामा भएको थियो ।



