युवाहरुलाई गाँउमै उद्यमशिल बनाउनपर्छ भन्दै तरुणदल देवघाटद्वारा गाउँपालिकालाई सुझावपत्र

images
  • 439
    SHARES
  • आषाढ १८, २०८० सोमबार
    युवाहरुलाई गाँउमै उद्यमशिल बनाउनपर्छ भन्दै तरुणदल देवघाटद्वारा गाउँपालिकालाई सुझावपत्र
    images

    करिष्मा गुरुङ देवघाट असार १८

    देवघाट गाउँपालिका स्तरीय नेपाल तरुण दल देवघाटले युवाहरुलाई गाँउमै रोजगारी दिनका साथै युवामैत्री कार्यक्रम ल्याउनु पर्छ भन्दै देवघाट गाँउपालिकालाई सोमबार प्रस्ताव पत्र बुझाएको छ ।

    सफल युवा उद्यमीहरुको अनुभव आदान प्रदानका कार्यक्रम नियमित सञ्चालन गर्ने,प्रत्येक वर्ष सफल युवा उद्यमीलाई पुरस्कृत गर्ने,कृषि फर्ममा लागेका युवा उद्यमीलाई युवा कृषि उद्यमी नामको परिचयपत्र दिने,जल,जमिन,जंगल,जडीबुटी लगायत प्राकृतिक श्रोत साधनको उत्पादनमुलक तर वातावरण मैत्री उपयोगमा युवाहरुलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने विषयमा जोड दिदैँ १६ बुदे प्रस्तावपत्र बुझाइएको नेपाल तरुण दल देवघाटका संयोजक अम्मर फेवालीले बताए ।

    युवाहरुको खेलप्रतिको अभिरुचीलाई व्यवस्थित गर्न पालिका स्तरीय र एक वडा न्युनतम एक खेल मैदानको ब्यवस्था मिलाउन आवश्यक रहेको बुदाहरू पत्रमा उल्लेख गरिएको संयोजक फेवालीले जानकारी दिए । नेपाल तरुण दल देवघाटका संयोजक फेवाली सहितको टिमले देवघाट गाँउपालिका अध्यक्ष तिल बहादुर थापाको कार्यकक्षामा गई सो प्रस्तावपत्र बुझाइएको थियो ।

    प्रस्तावपत्र ग्रहण गदैँ देवघाट गाँउपालिका अध्यक्ष थापाले युवाहरूको प्रस्ताव निकै सराहनीय छ त्यसप्रति आफु सकारात्मक रहेको भन्दै युवाहरुको माग सम्बोधन गर्ने प्रतिवद्वता समेत जनाएको बताए । अध्यक्ष थापाले देवघाट गाउँपालिकाको दिगो बिकासको निम्ति सबै संघसंस्थासँग र बुद्धिजीवी व्यक्तिहरूसँग समन्वय गरी अगाडी बढ्ने बताउदैँ समृद्ध देवघाटको निर्माणका निम्ति युवाहरुको साथ र सहयोग सदैब आवश्यक रहने थापाले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend