तनहुँ,
मुग्लिन–नारायणगढ खण्डको पटकपटकको पहिरोले वैकल्पिक मार्ग मुग्लिङ्ग देखी तनहुँको देवघाट दाशढुङ्ग हुँदै गैंडाकोट सम्मको मार्ग आवस्यक देखिन्छन्।
विगत केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पटकपटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।
सो वैकल्पिक मार्ग बनेको भए यतिबेला पहिराका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो । मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा सर्वसाधारणले उक्त बाटो हुँदै तनहुँको देवघाट दाशढुङ्ग हुँदै गैंडाकोट र नारायणगढ हुँदै गन्तव्यसम्म पुग्न पाउँथे ।

हाल वैकल्पिक मार्गको रुपामा केन्द्र,प्रदेश र स्थानीय सरकारले चासो देखाएको छ। आज देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापामगर,उपाध्यक्ष भुवन सिं गुरुङ,पालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर,५ वडा सदस्य याम बहादुर मगर र सरस्वती परियार,नेकपा एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपाने,नेपाली काङ्ग्रेस ५ का सभापति सोमनाथ ढकाल,रास्वपा देवघाटका संयोजक बल बहादुर क्षेत्री,समाजसेवी कुलचन्द्र न्यौपाने,समाजसेवी शिवराज पौडेल र चक्रवर्ती सामुदायिक वनका अध्यक्ष डिल बहादुर गुरुङ,कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने,देउती सामुदायिक वनका अध्यक्ष सुर्य न्यौपाने,सिता सामुदायिक वनका अध्यक्ष प्रविन कार्की मधु सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी लगायत बुद्धिजीवी व्यक्तिहरूको उपस्थितिमा ५ वडाको देवपुर पुलको मुख देखी कालिमाटी दाशढुंगा पुल सम्म बाटो ट्र्याकको स्थलगत अवलोकन गरेको थियो।



