देवघाट तनहुँ:१८ कार्तिक २०७८ तनहुँको देवघाटमा राष्ट्रिय जनजागरण २०७८ प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम अाज सम्पन्न भएको छ । नेपाल मगर संघ देवघाट गाउँ कार्य समितिको अायोजनामा सञ्चालन गरिएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ तनहुँ जिल्ला अध्यक्ष मनिराज थापामगरले तनहुँ जिल्ला भरिमा रहेको सम्पुर्ण स्थानीय तहहरूको घर अागनमा पुगि यहीँ कार्तिक २५ गते बाट सुरु हुने १२ औं राष्ट्रिय जनजागरण मगरहरुको भाषा,धर्म,संकृति,भेषभुषाको सहि तथ्यांक संकलन गर्नको निम्ति विभिन्न स्थानहरुमा कार्यक्रम सञ्चालन गर्दै आएको र हिजो देवघाट गाउँपालिकामा अन्तिम दिन रहेको बताउनुभयो।साथै उहाँले मगर जाति अादिवासीको हिसाबले सबैभन्दा पहिलो जाति भएतापनि कतिपय व्यक्तिहरूले अाफु मगर जाति भएर पनि थापा लेख्ने तर मगर नलेख्ने अाफु मगर जातिमा रहनसहन भए पनि अाफ्नो जातीय महत्त्व बुझाउन नसक्नुले पनि मगर जातिहरुको सहि तथ्यांक नाएको उहाले बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल मगर संघ तनहुँका वरिष्ठ उपाध्यक्ष खड्का सिं थापा मगर, नेपाल मगर संघ तनहुँका उपाध्यक्ष हर्क बहादुर थापा मगर, नेपाल मगर संघ तनहुँ महिला उपाध्यक्ष मिना थापा मगर, नेपाल मगर संघ तनहुँ सदस्य कुमार थापा मगर, नेपाली काङ्ग्रेस देवघाट गाउपालिका कमिटीका सभापति तिल वहादुर थापामगर लगाएतले शुभकामना मन्तव्य राखेका थिए । व्यास नगरपालिका जेसिसका अध्यक्ष लक्ष्मी भक्त खनाल, नेपाल मगर संघ देवघाटका पुर्व अध्यक्ष पुर्णवहादुर थापा लगाएर,जसपा देवघाट अध्यक्ष दिल बहादुर आस्लामिमगर लगाएको उपस्थित रहेका थिए । कार्यक्रम नेपाल मगर संघ देवघाट गाउँ कार्य समितिका अध्यक्ष तेजवहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो




