देवघाट बोलबम मेलामा मलमास प्रभाव

images
  • 758
    SHARES
  • श्रावण ८, २०८० सोमबार
    देवघाट बोलबम मेलामा मलमास प्रभाव
    images

    करिस्मा गुरुङ

    तनहुँ देवघाटमा अहिले बोलबम मेला लागेको छ । नेपालकै पवित्र तिर्थस्थल देवघाटधाममा हरेक वर्षको साउन महिनामा बोलबम मेला लाग्ने गर्दछ । सोही बोलबम मेलाको दोस्रो सोमबार आज मलमासका कारण देवघाटमा आउने भक्तजनहरुको कमी देखिएको छ ।

    361221327_266995595967062_3234471758838347820_n.jpg

    साउन महिनाको प्रत्येक सोमबार देवघाटमा लाग्ने बोलवम मेलामा भक्तजनहरुको घुइँचो लाग्थ्यो तर अहिले मलमासको कारण देवघाटमा भक्तजनहरुको कमि देखिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए । अध्यक्ष थापाले गत सोमबारको तुलनामा दोस्रो सोमबार आज करिब ६०/७० प्रतिशत भक्तजनहरू घटेको बताए ।

    361216835_266995795967042_3595350983945592857_n.jpg

    सोही अवसरमा अध्यक्ष थापाले देवघाटमा लागिरहेको बोलबम मेला व्यवस्थापनमा कुनै कमी नभएको बताउदै नदिको बाहव ठुलो रहेको हुदा कुनै आपतकालीन घटना नघटोस् भनि सुरक्षातर्फ देवघाट गाउँपालिकाका नगर प्रहरी र इलाका प्रहरी कार्यालयलाई कडाइका साथ खटाइएको जानकारी गराए । देवघाटधाम धार्मिक स्थान भएको हुँदा बोलबम मेलामा मात्रै नभई हरेक दिन भक्तजनहरू आउने हुँदा ब्यबस्थापनलाई मध्यनजरमा राखिएको बताए। साथै यहाँका स्थानिय व्यापार व्यवसायलाई फरक ढंगले व्यवस्थापन गर्दै स्थानीय व्यापार व्यवसायलाई प्राथमिकता दिएर अगाडि बढाउने बताए।

    363339192_266997475966874_5127597727085747127_n.jpg

    बोलबमको दिन भक्तजनहरू देवघाटमा सबेरै आएर त्रिशूली र कालीगण्डकी नदिको संगममा नुहाउनुका साथै पुजापाठ गरेर आफ्नो श्रीमानको लागि शिवजीको व्रत बस्ने प्रचलन छ । आजको दिन शिवको पुजा आरधना गरेको खण्डमा आफ्नो मनोकामना पुरा हुन्छ भन्ने विश्वास समेत रहेको छ । त्यस्तै गरि नारायणगढ बेलचोकबाट आउनुभएको तिर्थालु भक्तजन राकेश शाहले बोलबम मेलामा आफु हरेक वर्ष देवघाट आउने गरेको बताउदैँ धार्मिक आस्था राख्ने मान्छेलाई मलमासले नरोकिने समेत बताए ।

    363291118_266995209300434_5773680646131021751_n.jpg

    बोलबम मेलामा शिवजीको वर प्राप्त हुन्छ भन्ने मान्यतालाई मध्येनजर गर्दै आफ्नो श्रीमानलाई कुनै रोगव्यास नलागोस,हरेक इच्छाहरू पुरा रहोस् भनेर साउनको हरेक सोमबार ब्रत समेत बस्दै आएको तिर्थयात्री अनिता श्रेष्ठले बताए । सोही अवसरमा श्रेष्ठले साउन महिनामा पार्वती भगवानले शिवजी प्राप्त गरेको महिना भएर आफ्नो श्रीमान र घरपरिवारमा सधै सबल रहोस् भन्ने आशा लिएर मलमासको बाबजुद पनि पबित्र स्थल देवघाट आएको बताए ।

    बोलबमको दोस्रो हप्ता आज मलमास परेता पनि देवघाटका स्थानिय व्यापारीहरू भने गत सोमबारको तुलनामा जस्तै तिर्थलु भक्तजन आउने आशमा गाउँगाबाट अर्गानिक फलफुल र तरकारी ल्याएर बिक्रीवितरण गरेका थिए। भक्तजनहरू कम आएपछि व्यापार ५० प्रतिशत मात्रै भएको स्थानीय व्यापारी भरिमायाँ गुरूङले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend