तनहुँ
देवघाट गाउँपालिका भित्र रहेको एफ सी देवघाटद्वारा देवघाट खेलकुद मैदानमा खुल्ला 7"A" side नक-आउट फुटबल प्रतियोगिता गर्ने भएको छ।
यहीँ मिति २०८० साउन २५ गतेबाट सुरु हुने प्रतियोगिता साउन ३१ गते सम्म सञ्चालन हुने आयोजक कमिटीका अध्यक्ष प्रजन गाहामगर जानकारी दिएको छ। मगरका अनुसार टिम दर्ता शुल्क ४ हजार रुपैयाँ र अन्तिम मिति २०८० साउन २४ सम्म दर्ता हुनुपर्ने बताए छन्।
सो प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमले क्रमशः ५० हजार र ३० हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने खेल अवधीभर उत्कृष्ट खेलाडी,गोलकिपर,हाई स्कोरलाई पनि पुरस्कार वयवस्था रहेको बताएका छन्। साथै प्रतियोगिताको बिषयमा केहि जिज्ञासा र जानकारी लिनुपरेमा सम्पर्क नम्बर ९८२४२६२९४९,९८६५३६४८१६ र ९८६५२४१०९७ मा फोन गरेर थप जानकारी लिन सकिने समेत आयोजक कमिटीले बिहानी मिडियालाई जानकारी दिएको छ।



