करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिकाको आर्थिक वर्ष ०७९/०८० को तेस्रो चौमासिक तथा वार्षिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार देवघाट गाउँपालिकाको सिटीहलमा भएको सो सार्वजनिक सुनुवाई कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

आज भएको सो सार्वजनिक सुनुवाई कार्यक्रममा १५ जना सहभागीले प्रश्न, गुनासो तथा सुझाव दिएका थिए, जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक बल बहादुर क्षेत्री,नेकपा माओवादी केन्द्र देवघाटका उपाध्यक्ष जयकृष्ण सुवेदी, नेपाली कांग्रेस देवघाटका उपसभापति पुरूष्वतम शर्मा पण्डित,स्थानीयवासी टुकना अधिकारी,देवघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सालिग्राम मिश्र,स्थानीय अमृत घिमिरे,बिनोद सारुमगर लगायतले देवघाट गाउँपालिकाको शिक्षा,स्वास्थ्य,कृषि,पशु र पुर्वाधार लगायतको बिषयमा प्रश्न,गुनासो र सुझाव राखेका थिए।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरु बाट उठेका प्रश्न,गुनासो र सुझावहरुलाई गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, उपाध्यक्ष भुवन सिं गुरूङ,प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी,गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ अध्यक्ष पुर्ण बहादुर कुँवर लगायत शाखा प्रमुखहरु बाट स्पष्ट पारेका थिए ।



