करिष्मा गुरुङ तनहुँ
नेपालकै पवित्र तिर्थस्थल देवघाटमा अहिले बोलबम मेला लागेको छ । हरेक वर्षको साउन महिनामा देवघाटधाममा बोलबम मेला लाग्ने गर्दछ । सोही बोलबम मेलाको तेस्रो सोमबार पनि मलमासका कारण देवघाटमा आउने भक्तजनहरुमा कमी देखिएको छ । वर्षैपिच्छे साउन महिनाको प्रत्येक सोमबार देवघाटमा लाग्ने बोलबम मेलामा भक्तजनहरुको घुइँचो भएता पनि अहिले मलमासको कारण देवघाटमा भक्तजनहरुको कमि देखिएको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ अध्यक्ष पुर्ण बहादुर कुँवरले बताए ।

सोही अवसरमा अध्यक्ष कुँवरले देवघाट ५ वडा भित्र बोलबम मेला लागिरहेको हुदाँ सो मेला व्यवस्थापन गर्नका लागि देवघाट गाउँपालिका,देवघाट क्षेत्र विकास समिति,५ वडा कार्यालय र इलाका प्रहरी कार्यालय लगाएतको समन्वयमा मेलालाई व्यवस्थापन विशेष ध्यान दिएको बताए । नदिको बाहव निकै गहिरो र ठुलो रहेको हुदाँ कुनै आपतकालीन घटना नघटोस् भनि भक्तजनले स्नान गर्ने स्थानमा समेत २/३ जना सुरक्षागार्ड खटाइएको कुँवरले बताए। बोलबम मेलामा स्थानीय व्यापार व्यवसायलाई प्राथमिकता दिएर अगाडि बढाएको बताउदैँ पहिलो साताको सोमबार माग्न बस्नेहरूको अव्यवस्थित रहे पनि अहिले तेस्रो हप्तामा आइपुग्दा व्यवस्थित गरेको कुँवरले बताएका थिए ।

बोलबम मेलामा कुराकानी गर्दै देवघाट क्षेत्र विकास समितिका सदस्य सान बहादुर परियारले हरेक वर्ष झै यो वर्ष पनि देवघाट क्षेत्र विकास समितिले मेला व्यवस्थापन गर्दै आएको बताए । सदस्य परियारले निस्चित क्षेत्र तोकिदिएर स्थानीय व्यापारीहरूलाई प्रमोट समेत गरेको बताउदैँ तिर्थयात्रीहरूलाई सहज तरिकाले वारपार गर्न तनहुँको देवघाट र चितवन जोड्ने झोलुङ्गे पुलमा कडाइका साथ सुरक्षाको वयवस्था मिलाएको बताए । इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बहादुर बानियाँले बोलबम मेला मलमास प्रभावको कारणले भक्तजनहरू कम उपस्थिति रहे पनि मेलाको सुरक्षा व्यवस्थापनलाई मध्यनजरमा राखी सुरक्षा दिएको बताए। आज मेलाको तेस्रो हप्तासम्म आइपुग्दा कुनैपनि आपतकालीन घटना नघटेको समेत बानियाँले बिहानी मिडियालाई जानकारी दिए । सोही बोलबम मेलामा तिर्थयात्री निर्मला श्रेष्ठले बोलबम मेला एक आफैमा पवित्र छ,अझ देवघाट जस्तो पुण्य भुमिमा पहिलो पटक आएर बोलबम मनाउन पाउदाँ धेरै आनन्द मिलेको बताए ।

त्यस्तै गरि टाडी बाट आउनुभएको अर्को तिर्थयात्री सुमन खरेलले धार्मिक आस्था लिने व्यक्तिहरूले बोलबम मनाउने गर्ने गरेको बताउदैँ आफु आज बिहानै देवघाट आएर नुहाएर पुजाआजा गर्नुका साथै शिवको लिङ्गमा बेलपत्रा चढाएर आजको दिन सुरू गरिएको बताए ।

बोलबम मेलाको दिन विभिन्न ठाउँबाट भक्तजनहरू देवघाटमा सबेरै आएर त्रिशूली र कालीगण्डकी नदिको संगममा नुहाउनुका साथै पुजापाठ गरेर आफ्नो श्रीमानको लागि शिवजीको व्रत बस्ने प्रचलन छ । आजको दिन शिवको पुजा आरधना गरेको खण्डमा आफ्नो मनोकामना पुरा हुन्छ भन्ने विश्वास समेत रहेको छ ।




