देवघाटमा स्थानीय र प्रहरीबीच झडप,पाँच राउण्ड हवाइ फायर:प्रहरीले नै स्थानीयलाई फसाउन खोजेको आरोप

images
  • 1.1K
    SHARES
  • श्रावण १९, २०८० शुक्रबार
    देवघाटमा स्थानीय र प्रहरीबीच झडप,पाँच राउण्ड हवाइ फायर:प्रहरीले नै स्थानीयलाई फसाउन खोजेको आरोप
    images

    तनहुँ । जिल्लाको देवघाटमा स्थानीय र प्रहरीबीच झडप भएको छ। देवघाट गाउँपालिका वडा नम्बर ५ साढेबगरस्थित स्थानीयको घरमा प्रहरीले छापा मारेपछि दुई समूहबीच झडप भएको हो। स्थानीय टकबहादुर गुरुङको घरमा शौचालयको छानोमा वन्यजन्तुको हाडखोर लुकाएर राखेको भन्दै शुक्रबार प्रहरीले छापा मारेको थियो।

    364070156_958245325405099_5396450940555918918_n.jpg

    उक्त घटनामा स्थानीयले प्रतिवाद जनाएपछि प्रहरीसँग झडपको स्थिति सिर्जना भएको हो। प्रहरीले स्थानीयमाथि दुर्व्यवहार गरेपछि आफूहरु प्रतिवादमा उत्रिन बाध्य भएको स्थानीयले बताएका छन्। अवस्था जटिल बन्दै गएपछि प्रहरीले पाँच राउण्ड हवाइ फायरसमेत गरेको थियो। शौचालयको छानोमा स्याउलाले छोपेर राखेको झोलामा गैंडाको खागसहित वन्यजन्तुको हाडखोर इलाका प्रहरी कार्यालय देवघाटको असई भोजनारायण श्रेष्ठसले राखिएको स्थानीय भिम बहादुर गुरूङले बताए ।

    364345006_108499462324422_2798479878231978539_n.jpg

    स्थानीयका अनुसार उक्त झोलासहितको शंकास्पद वस्तु स्वयम् असई श्रेष्ठले नै शुक्रबार बिहान करिब ११ बजेतिर टकबहादुर गुरुङको शौचालयको छानोमा लुकाएर राखेर पछि आफैले त्यहीबाट निकालिएर टकबहादुर गुरुङको घरमा नाटकीय ढंगमा आफैँले शंकास्पद वस्तु लुकाएर अर्का स्थानीय बुद्धसिंह गुरुङलाई फसाउने प्रपञ्च रचेको भन्दै स्थानीयले प्रहरीको खानतलासीमाथि नै प्रश्न उठाएको थिए। प्रहरीको नियतमाथि नै खोट देखेपछि स्थानीयले प्रहरीलाई इन्कार गर्दा दुईतर्फी झडपको स्थिति सिर्जना भएको प्रत्यक्षदर्शी भीमबहादुर गुरुङले बताए।

     

    363841771_272550355411586_8295811519872753081_n.jpg

    'कसैबाट खबर आएको भन्दै आफैँले राखेको वस्तु खोज्न आएजस्तो गर्‍यो। त्यसपछि ट्वाइलेटनजिक गएर खै यो के हो भन्दै झोलामा भएको वस्तु झिकेर गोजीमा हाल्नुभयो,' उनले भने, 'त्यसपछि हामीले हेरम् भन्दा पनि देखाउनुभएन।' प्रहरीकै क्रियाकलाप शंकास्पद देखिएपछि जनताले प्रतिवाद गर्नु स्वाभभाविक भएको अर्का स्थानीय राजु गुरुङले बताए। विनाकारण सर्वसाधारण जनतामाथि प्रहरीले अन्याय गर्न खोजेपछि प्रहरी प्रशासनप्रति आमजनताले हेर्ने दृष्टिकोण नै बदलिएको उनले बताए। नागरिकको शान्ति सुरक्षामा खटिने बर्दीधारी प्रहरी प्रशासनबाटै निर्दोष युवालाई फसाएर घिनलाग्दो चरित्र देखाएपछि त्यसको विरुद्ध उभिएको स्थानीय गंगा गुरूङ बताउँछिन्। चरा मार्न पनि नजान्ने व्यक्तिलाई फसाउन खोजेको भन्दै स्थानीयले विरोध जनाउँदा अवस्था सामान्य बनाउन प्रहरीले हवाइ फायर गरेको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङले पनि पुष्टि गरे। 'चरा मार्न पनि नजान्ने मान्छेले यस्तो काम गर्नै सक्दैन भन्दै स्थानीयले प्रहरीमाथि नै आक्रोश पोखेपछि प्रहरी पनि आक्रामक बन्न खोजेजस्तो देखियो,' उनले भने। स्थानीयले उक्त घटनासँग सम्बन्धित नभएका व्यक्तिलाई जनाजान प्रहरीले नै फसाउन खोजेको आरोप लगाएको हुँदा प्रहरी प्रशासनमाथि नै गम्भीर प्रश्न उठेको देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले बताए। उक्त घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटले पनि आपत्ति जनाएको छ। पार्टीका देवघाट गाउँपालिकाका संयोजक बलबहादुर क्षेत्रीले जनतामाथि प्रहरीले देखाएको व्यवहार निन्दनीय भएको बताए। जनताको शान्ति सुरक्षामा खटिनुपर्ने प्रहरी प्रशासन नै शक्तिको दुरुपयोग गरेर उल्टै आतङ्क मच्चाउने खेलमा लागेको उनले बताए। प्रहरीले आरोप लगाएका गुरुङ खाडी मुलुकबाट केहीसमयअघि घर फर्केका व्यक्ति हुन्।364102539_272550525411569_6468077526476100612_n.jpg

    तर प्रहरीले सादा पोशाकमा आएर गाउँघरमा त्रास फैलाउने र निर्दोष जनतालाई फसाउने प्रयास गरेको भन्दै शान्ति सुरक्षाको लागि जनताले आस गरेकै क्षेत्रबाट धोका पाएकोले यो घटना कुनै पनि हालतमा सह्य नहुने उनको भनाइ छ। घटनाबारे प्रहरीले स्थानीय जनप्रतिनिधिलाई समेत कुनै जानकारी नदिएको उनले बताए। स्थानीयको विरोधपछि बुद्धिसिंह गुरुङलाई पक्राउ पर्नबाट जोगिएका छन्। प्रहरीले भने घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कानुनी कारवाही हुने आश्वासन दिएको छ। भने इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख प्रहरी बरिस्ठ नायव निरिक्षक कृष्णबहादुर बानियाँले वन कार्यालय मार्फत सुचना आएपछि उक्त सामान खोज्न प्रहरी परिचालन गरिएको बताए । प्रहरीले यसभन्दा अगाडि पनि बुद्धसिं गुरूङको पासपोर्ट माग्न आएको थियो। उनले आफ्नो पासपोर्ट देखाइदिएपछि हेरेर फर्केको थियो। स्थानीय टिकिसरा गुरुङका अनुसार शुक्रबार भने आबुखैरेनिबाट प्रहरी निरीक्षक गायत्रीराज शर्माको नेतृत्वमा १२ जना, इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बानियाँको नेतृत्वमा १७ जना, इलाका प्रहरी कार्यालय साराङ्घाटबाट पदमबहादुर कुमालको नेतृत्वमा ४ जना, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक गीतबहादुर थापाको नेतृत्वमा २५ जना, इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी नायब निरीक्षक मोहन थापाको नेतृत्वमा १० जना र सशस्त्र प्रहरी बल मनकामना गण, २३ नम्बर तनहुँबाट सशस्त्र प्रहरी निरीक्षक गान्दीराज स्याङ्तानको नेतृत्वमा २५ जना प्रहरी देवघाटमा परिचालित थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend