साउनको चौथो सोमबार देवघाटमा भक्तजनको भीड (फोटो फिचर )

images
  • 509
    SHARES
  • श्रावण २२, २०८० सोमबार
    साउनको चौथो सोमबार देवघाटमा भक्तजनको भीड (फोटो फिचर )
    images

     देवघाट साउन २२

    आज साउन महिनाको चौथो सोमबार पनि देवघाटधाममा शिवभक्तहरुको घुइँचो लागेको छ । पहेंलो बस्त्रधारी लगाएर बोलबम मेलामा आएका तीर्थालुहरुको शिव मन्दिरहरुमा चहलपहल छ । मलमास र वर्षेझरीको पर्वाह नगरी शिवभक्तहरु देवघाटमा पूजा गर्ने भीड लागेको थियोे ।

    366313223_273905371942751_7988083511928843341_n.jpg

    यस वर्षको साउनको पहिलो हप्ता भक्तजनहरूको घुइँचो थियोे दोस्रो र तेस्रो हप्ता मलमासका कारणले अलि कम थियोे भने आज २२ गते सोमबार भने भक्तजनहरूको निकै भीड थियोे । सोमबार बिहानै हल्का वर्षाका कारण पनि बोलबममा भक्तजनहरू आएका थिए धर्म मान्ने मान्छेलाई केहि चिजले पनि छेक्दैन भन्दै मलमास र वर्षे पानीको बाबजुद पनि बोलबममा आएको तिर्थयात्री रिता पन्तले बताए । आफु हरेक वर्ष देवघाटमा साउने बोलबम मेला आएको बताउदैँ सबैलाई धर्म गर्न देवघाट आउन आग्रह गरे ।

    365751112_273908135275808_3858021048739731021_n.jpg

    त्यस्तै काठमाडौँबाट आएको एक तिर्थयात्री कल्पना रेग्मीले हरेक वर्ष बोलबम मनाउन आफु देवघाट आएको बताउदैँ पवित्र भुमिमा आउदा मनमा शान्ति मिलेको बताए । साथै उनले आफ्नो पति र घरपरिवारको लागि साउन महिनामा व्रत समेत बस्दै आएको बताइन् । सो बोलबम मेलामा स्थानीय व्यापारी भरिमायाँ गुरूङले चौथो बोलबम मेलामा मान्छे धेरै आएर व्यापार भएको भन्दै खुसी व्यक्त गरिन् । त्यस्तै गरि अर्को व्यापारी गंगा गुरूङले बोलबमको दोस्रो र तेस्रो हप्तामा मान्छे नआएपछि सामान बिक्री नभएर तेतिकै लथालिङ्ग थियोे तर चौथो हप्ता आज सबै सामान बिक्री भएपछि व्यापार राम्रो भएको बताईन । बोलबम मेलामा स्थानीयहरूले अर्गानिक तरकारी,फलफूल लगाएत बिक्रीवितरण गरेका थिए ।

    365718365_273907075275914_1181394800784230990_n.jpg

    साउन महिनाका हरेक सोमबार शिवको पूजाआजा गरे सुख,शान्ति र अटल सौभाग्य मिल्ने धार्मिक विश्वास पनि गरिन्छ । त्यसैले साउनको सोमबार शिवको प्रियबार भएको भन्दै यसै दिन शिवकाभक्तहरू शिव मन्दिरहरुमा पुग्छन् ।आजको दिन शिवलाई शुद्ध जल चढाउने चलन पनि छ । बोलबममा धेरै जसो तिर्थयात्रीहरू खाली खुट्टा देवघाट आउने गर्दछ । यस वर्षको साउनमा ५ वटा सोमबार थियोे भने अब अन्तिम सोमबार मात्रै बाँकी छ ।

    365681017_273906415275980_7755961415680038911_n.jpg365706457_273908201942468_4268167342452574686_n.jpg365656358_273909061942382_2872146037514080833_n.jpg365781284_273906808609274_1274635934465518435_n.jpg365680608_273910691942219_7113137325341656509_n.jpg365660837_273911335275488_7274956504725535908_n.jpg365667294_273911078608847_4957507645464201867_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend