तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ घिनटारमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बुधबार दुई दाजुभाइ घाइते भएका छन् । देवघाटका संयोग सुवेदी र सन्देश सुवेदी घाइते भएका हुन् । पल्सर बाइक नम्बर बा.६८ प.६८५२ मोटरसाइकल पुलिस चौकीबाट वडा कार्यालय तर्फ जाने क्रममा अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख कृष्ण बहादुर बानियाँले जानकारी दिएको थियो ।
आज बेलुका ५:३० बजेको समयमा भएको सो दुर्घटनामा खाइते भएको दाईको अनुहारमा चोट लागेका छन् भने भाईको अवस्था सामान्य रहेको बानियाँले बिहानी मिडियालाई जानकारी दिए । हाल उपचारको लागि दुवै जनालाई भरतपुर हस्पिटल लगिएको छ ।


karishma gurung

