नेपाली काङ्ग्रेस देवघाटको दोस्रो गाउँ सम्मेलन कार्यक्रम सम्पन्न

images
  • 315
    SHARES
  • श्रावण ३१, २०८० बुधबार
    नेपाली काङ्ग्रेस देवघाटको दोस्रो गाउँ सम्मेलन कार्यक्रम सम्पन्न
    images

    करिस्मा गुरुङ तनहुँ,

    नेपाली काङ्ग्रेस देवघाटको आयोजनामा भएको देवघाट गाउँपालिका गाउँ कार्यसमितिको गाउँ सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । आज भएको सो कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्दै पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ त्यसको विषयमा नेपाली काङ्ग्रेस देवघाटका उपसभापति पुरुषोत्तम शर्मा पण्डितले प्रष्ट पार्नु भएको थियोे ।

    366721206_278735174793104_4831654963490022961_n.jpg

    कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस तनहुँका निवर्तमान सभापती तथा व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले दोस्रो सम्मेलन कार्यक्रमको आयोजना गरिएकोमा नेपाली काङ्ग्रेस देवघाट परिवारलाई धन्यवाद व्यक्त गर्दै इतिहासमा पार्टी बाट कुनै पनि शिर झुक्ने र झुकाउने काम नहुने बताए। प्रमुख अतिथि न्यौपानेले नियमित बैठक,छलफल सँगै अन्तरक्रिया गर्नाले देवघाटमा नेपाली काङ्ग्रेस पार्टीलाई थप अझ अगाडी बढ्न र संगठन बलियो बनाउन सकिने बताए।366996082_278730954793526_2063170715403710311_n.jpg

    साथै देवघाटको मुख्य समस्या अव्यवस्थित बसोबास र सुकुम्बासी समस्यालाई समाधानको विषयमा सम्बन्धि ठाउँमा कुरा राख्ने समेत बताउदै समय अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने बताए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहेका नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ सभापति श्याम कुमार मौरतीले नेपाली काङ्ग्रेस पार्टीको आन्तरिक सुदृढीकरणको कार्यक्रमहरू निरन्तर अगाडी बढी रहेको बताए ।

    366633394_278744124792209_8022109827210360343_n.jpg

    साथै मौरतीले पार्टीलाई अगाडि बढाउनको लागि क्षेत्रीय स्तरमा कार्यक्रम गराउनु पर्ने समेत बताउदै जनताको आवश्यकलाई बुझेर अगाडि बढ्न समेत आग्रह गरेका थिए। सो कार्यक्रममा गण्डकी प्रदेश प्रतिनिधि अप्सरा श्रेष्ठले कार्यक्रमको उद्देश्यको विषयमा प्रष्ट पार्दै पार्टी भित्रका कमि कमजोरीहरुलाई सुधार गर्दै संगठानिक रुपमा पार्टीलाई मजबुत बनाएर अगाडी बढाउन अनुरोध गर्दै आफुले आफ्नो क्षेत्र बाट सक्दो सहयोग गर्ने बताए।

    367432811_278728988127056_9156381414609033914_n.jpg

    कार्यक्रममा चिजा श्रेष्ठले आफ्नो भनाइ राख्दै टोलटोलमा समीक्षा गर्दै पार्टीलाई मजदुर बनाउन अनुरोध गरेका थिए। सोही कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ,नेपाली काङ्ग्रेस व्यास नगरपालिकाका सभापति सुर्यचन्द्र हडख,नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि भिम कुमारी धाईथापा,नेपाल महिला संघ देवघाटका सभापती इन्द्रामायाँ थापा,नेपाली काङ्ग्रेस देवघाटका अर्जुन अधिकारी,नेपाली काङ्ग्रेस प्रदेश सदस्य प्रेम बहादुर गुरूङ, राधादेवी खनाल,वडा नम्बर ४ पूर्व अध्यक्ष पदम वहादुर गुरूङ, नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि सदस्य उत्तम लामा, देवघाट ५ सभापति सोमनाथ ढकाल,वडा नम्बर ४ सभापति नर बहादुर गुरूङ,वडा नम्बर २ सभापति मिन बहादुर राना,नेपाली काङ्ग्रेस देवघाट वडा १ सभापति मुक्ति थापा, नेपाल शिक्षक सँघ देवघाटका उपाध्यक्ष जित बहादुर थापा मगर, नेपाल तरुण दल देवघाटका कार्यवाहक अध्यक्ष अम्मर फेवाली, नेपाल विद्यार्थी संघ देवघाटका सभापति हरि कुँवर लगाएतले मन्तव्य दिएका थिए भने सो कार्यक्रममा १० जनाले देवघाट गाउँपालिका भरिका समस्या तथा जिज्ञासाहरू राखेका थिए ।

     

    नेपाली काङ्ग्रेस देवघाट गाउँ कार्यपालिकाको पार्टी सचिव भरत आचार्यले सञ्चालन गर्नु भएको सो कार्यक्रम नेपाली काङ्ग्रेस देवघाट सभापति एवम् देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापामगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend