देवघाटको गाईघाट घुस्रीखोलामा अचानक बाढी आउँदा दुई घरमा क्षति

images
  • 624
    SHARES
  • श्रावण ३२, २०८० बिहीबार
    देवघाटको गाईघाट घुस्रीखोलामा अचानक बाढी आउँदा दुई घरमा क्षति
    images

     करिस्मा गुरुङ तनहुँ,

    देवघाट गाउँपालिका वडा नम्बर ४ गाईघाटमा अविरल वर्षाका कारण आज बिहान करिब ४ बजेको समयमा घुस्ररी खोलामा अचानक बाढी आउदा दुई घरमा क्षति पुगेको छ ।

    367020664_279083948091560_2852639541449733444_n (1).jpg

    सो पहिरोमा परि देवराज भुजेल र हर्क बहादुर भुजेलको घरमा क्षति भएको छ भने देवराज भुजेलको घर,गाईको गोठ,बाख्राको खोर र धारा लगाएत सबै बगाएको छ। देवघाट ४ गाईघाटमा भएको सो घटना थाहा पाए पश्चात् देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा,उपाध्यक्ष भुवन सिं गुरुङ,देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ र ईलाका प्रहरी कार्यालयका प्रहरी सहितको टोलि सो स्थानमा तत्काल उपस्थित भइ अनुगमन गरिएका थियो ।

    367428514_279083761424912_4642333461843530602_n.jpg

    सोही अनुगमनमा पलिका अध्यक्ष तिल बहादुर थापाले बाढीले घरगोठ सबैमा क्षति पुर्‍याएको बताउदै दैवीप्रकोप कसैले छेकेर नछेकिने बताउदै दु:ख व्यक्त गरे छन्।

    368026929_279090938090861_7085369711150388944_n.jpg

    साथै हाल पालिकाको तर्फबाट तत्काल गर्न सक्ने राहत त्रिपाल,म्याट,डोरी,बाल्टिन लगाएतको सामान हस्तान्तरण समेत गरेर छन् भने अध्यक्ष थापाले थप राहतको लागी कार्यपालिका बैठकमा निर्माण गर्ने र जिल्ला संग पनि आफुले सक्ने सक्दो पहल गर्ने बताउदैँ विपतको बेलामा सहयोगी महानुभावहरुलाई सहयोग गर्न अनुरोध समेत गरेका छन ।

    366714657_279083738091581_3189786541763139974_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend