तपोनिष्ठ अष्टाङ्ग योगसिद्ध श्री ईश्वरानन्द ब्रह्माचारी (गलेश्वर बाबा)को ४७ औं पुण्य स्मृति सभा

images
  • 295
    SHARES
  • जेठ १८, २०७९ बुधबार
    तपोनिष्ठ अष्टाङ्ग योगसिद्ध श्री ईश्वरानन्द ब्रह्माचारी (गलेश्वर बाबा)को ४७ औं पुण्य स्मृति सभा
    images
     
    देवघाट तनहुँ:अञ्जली बोटे
     
    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित गलेश्वर आश्रमको सभा हलमा तपोनिष्ठ अष्टाङ्ग योगसिद्ध श्री ईश्वरानन्द ब्रह्माचारी (गलेश्वर बाबा)को ४७ औं पुण्य स्मृति सभा आज एक कार्यक्रमको बीच सम्पन्न भयो। सो कार्यक्रमको समुद् घाटन पानसमा दियो बालेर सभाका अध्यक्ष एवं गलेश्वर आश्रकका पिठाधिश अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले स्मृति सभाको उद् घाटन गर्नुभएको थियो।
     
    kk.jpg
    कार्यक्रममा प्रमुख अतिथि हरिहर सन्यास आश्रमका पिठाधिश नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती श्री महाराज, विशिष्ट अतिथि महेश सन्यास आश्रमका पिठाधिश श्री १००८ स्वामी रमणान्द गिरिजी महाराजले देवघाटधामको महिमा,बिशेषता,धर्म,संकृति र संरक्षणको बिषयमा मन्तव्य राख्नु भएको थियो सो सभामा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रि प्रसाद अधिकारी, अतिथि देवघाट वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुँवर, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरे, देवघाट ५ नम्बर वडाका वडा सदस्य बुद्धि वहादुर पाण्डे, कमला गुरूङ, सरस्वती परियार लगाएत उपस्थिति रहेकोे थियो।भने
     
     
     
     
    Seen by Ashik Rana at Monday 6:52am

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend