तनहुँ, सुर्खेतको बिरेन्द्रनगर नगरपालीका पृतना रोड स्थित बसोबास गर्दै आएको १६ वर्षिय लोकेश उपाध्याय गत भदौ ८ गतेदेखि परिवारजन सँग सम्पर्क विहीन भएको छ । गत शुक्रबार बिहान ६:०० बजे घरबाट कहि कतै जानकारी नदिई निस्केको परिवार स्रोतले बताएका छन् । उपाध्याय आज भन्दा पहिले देवघाटको गलेश्वर आश्रममा अध्ययनरत छात्र हुन् ।
आज ४ दिन भइ सक्दा सम्मपनि कहि कतैबाट सम्पर्कमा नआएको हुदाँ लोकेश उपाध्याय नाम गरेका बालकलाई देख्नु हुने तथा भेट्नु हुने जो कोही महानुभावहरुले बुवाको मोबाइल नम्बर ९८५८०६३०७७ मा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन परिवारजनले आग्रह समेत गरेका छन् ।


karishma gurung

