करिश्मा गुरुङ
तनहुँ देवघाटधाम
जेसीजकाे आयोजना बिहिवार जेसीज सदस्यहरूलाई एकदिने उत्प्रेरणा तालिम दिइएको छ । हरेक वर्ष देवघाटधाम जेसीजले महान चाडको रूपमा मनाउँदै आइरहेको जेसीज सप्ताह -२०२३ अन्तर्गतको यो तालिका अनुसारको दाेस्राे कार्यक्रम उत्प्रेरणा तालिम हो । सो तालिममा संस्थाका संस्थापक अध्यक्ष जेसी बिकास सापकोटाले जेसीजको विषयमा प्रष्ट पार्नु भएको थियोे ।
जेसीज जीवन कस्तो हुन्छ,जेसीजले समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा सापकोटाले जानकारी दिनुभएको थियोे । त्यस्तै गरि कार्यक्रमका प्रमुख अतिथी देवघाट गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुँवरले देवघाटधाम जेसीजले धेरै राम्रो काम गर्दै अगाडि बढेको बताउदै खुसी व्यक्त गरे ।
प्रवक्ता एवं ५ अध्यक्ष कुँवरले जेसीजको माध्यमबाट युवापुस्ताहरूलाई सकारात्मक तरिकाले अगाडि बढाउन अनुरोध समेत गरेका थिए । सो अवसरमा सहभागीहरुलाई नेपाल जेसीज–२०२१ का राष्ट्रिय उपाध्यक्ष जेसी अनोज जोशीले उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिएका थिए ।तालिम देवघाटधाम जेसीजका उपाध्यक्ष जेसी माधव न्यौपानेको संयोजकत्वमा सम्पन्न भएको थियोे त्यस्तै गरि तालिममा देवघाट गाउँपालिका वडा नम्बर -५ सदस्य कमला गुरूङ,सरस्वती परियार,याम बहादुर मगर लगाएत जेसीज सदस्यहरू उपस्थिति रहेको थियोे ।



